काठमाण्डौ । ओपोले आफ्ना विश्वभरका प्रयोगकर्ताका लागि आफ्नो नयाँ कलरओएस १२ सञ्चालन प्रणालीको आधिकारिक घोषणा गरेको छ। 

प्रयोकर्तालाई स्टक एन्ड्रोइड १२ को जस्तै अभूतपूर्व अनुभव प्रदान गर्ने सोचका साथ कलरओएस १२मा समावेशी यूआई, सटीक परफरमेन्स, दैनिक कार्य सम्पादन क्षमतामा बृद्धिका साथै काम—दैनिकी सन्तुलनमा सघाउने फिचर्सहरु पनि समाहित गरिएका छन्। सार्वजनिक गरिएसँगै ओपोले कलरओएस १२ पब्लिक बिटा आफ्ना वैश्विक प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ। यससँगै ओपो, एन्ड्रोइड १२ प्रयोगमा ल्याउने पहिलो मध्यका ओईएमहरु मध्य एक बनेको छ। 

पहिलो चरणमा इन्डोनेसिया, थाईल्यान्ड र मलेसियामा फाइन्ड एक्सथ्री प्रोमार्फत उपलब्ध गराइने यस प्रणालीलाई क्रमबद्धरुपमा अन्य देश तथा क्षेत्रमा आउँदा महिनाहरुमा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ।

समावेशीता प्रमुख केन्द्रको विषय

६८ देशमा आफ्नो उपस्थितिसँगै ४४० मिलियन प्रयोगकर्ताका जीवनको अभिन्न अंगका रुपमा कलरओएस १२को निर्माण गरिँदा समावेशीतालाई ओपोले विशेष प्राथमिकताको विषयका रुपमा राखेको छ। ओपोको इन्फाइनाइट डिजाइन कन्सेप्टमा आधारित भई हल्कापन, सफा र परिमार्जनका लागि लचिलोपन लगायत गुण सहितको नयाँ ओएसले अझ समावेशी अनुभव प्रदान गर्नुका साथै यसमा विभिन्न भाषा तथा संस्कृति मैत्री, सरल आईकन्स, एनिमेशन्स र सूचनामूलक फ्रेमवर्कका साथै विभिन्न फोनको फरम्याट्सका अनुसार अनुकूलनीय ढाँचापनि प्रदान गरिएको छ। 

उत्पादकत्वमा बृद्धिका लागि समान, निर्वाध अनुभव

प्रयोगकर्तालाई समान, सहज र निर्वाध अनुभव प्रदान गर्नु ओपोको आर एन्ड डी एन्ड इन्नोभेसनको प्रमुख उद्देश्य रहँदै आएको छ। नयाँ कलरओएस १२ले तिनका साथै कम्फर्ट र टीकाउपनमा पनि उत्तिकै महत्व दिएको छ। यसमा प्रयोग गरिएको एन्टी फ्राग्मेन्टेसन र इन्टेलिजेन्ट रिसोर्स एलोकेसनले गर्दा यसको सिस्टम एजिंग रेट तीन बर्षमा अत्यन्त न्यून २.७५%, औसत ३०% न्यून मेमोरी अधिभोग र २०% कम ब्याट्री खपत रहेको छ।

प्रयोगकर्ताको उत्पादकत्वमा बृद्धि दिने सोचका साथ यसमा पीसी कनेक्ट, गुगल लेन्सद्वारा सञ्चारित थ्री–फिङ्गर ट्रान्सलेट, फ्लेक्सड्रप र फोन म्यानेजरलगायत प्रयोगात्मक फिचरहरु पनि उपलब्ध गरिएका छन्।

गोपनीयतालाई विशेष प्राथमिकता

आफ्ना प्रयोगकर्ताका प्रतिक्रियाका आधारमा ओपोले कलरओएसमा गोपनियतालाई विशेष प्राथमिकतामा राख्दै आएको छ। कलरओएस १२मा एन्ड्रोइड १२ का प्राइभेसी ड्यासबोर्ड, एप्रोक्सिमेट लोकेसन सेयरिङ र माइक्रोफोन तथा क्यामेरा इन्डिकेटर्सलगायत सुदृढ सुरक्षा तथा गोपनीयता फिचर्स पनि उपलब्ध गरिएका छन्। 

यसका साथै ओपो समूहबाट बिकसित प्राइभेट सिस्टम, प्राइभेट सेफ, एप लक लगायत फिचर्सपनि उपलब्ध छन्। त्यसैगरी प्रयोगकर्ताका डाटा सुरक्षणार्थ सर्भर्स, सञ्चय र प्रसारणका लागि विशेष प्रोटोकलको व्यवस्था पनि गरिएका छन्।

एन्ड्रोइड डेभलपर्सका लागि खुल्ला ओएस

ओपोको कलरओएसलाई एन्ड्रोइड डेभलपर्स फ्रेन्डली ओएस बनाउनु ओपोको उद्देश्य रहेको छ। अल्ट्रा स्टिडी भिडियो सुटिङ, एचडीआर, सुपर वाइड–एंगललगायत ओपोका अग्रणी उत्कृष्ट क्यामेरा क्षमताजस्ता क्यामेरा एसडीकेहरुका साथै ओपोले आफ्ना हाइपरबुस्ट, कलर भिजन इन्ह्यान्समेन्टलगायत पनि एन्ड्रोइड इकोसिस्टमको विकास तथा थप परिस्कृतिकरणका लागि एन्ड्रोइड विकासकर्ताहरुमाझ खुला गरिदिएको छ।

कलरओएस १२ रोलआउट योजना

पहिलो चरणमा ओपोले आफ्नो कलरओएस १२ पब्लिक बेटा इन्डोनेसिया, थाइल्यान्ड र मेलेसियामा फाइन्ड एक्सथ्री प्रो फाइभजीमार्फत उपलब्ध गराएको छ। यसपश्चात क्रमशः अन्य देश तथा थप उपकरणहरुमा सन् २०२१ र २०२२मा उपलब्ध गराउँदै लैजाने ओपोको योजना रहेको छ। ११० मोडल्स र १५० मिलियन प्रयोगकर्ताका लागि कलरओएस १२ उपलब्ध गराउने कम्पनीको उद्देश्य रहेको जानकारी दिइएको छ।