काठमाण्डौ । कोभिड १९, महामारी प्रकोपले विश्वलाई नै आतंकित तुल्याइ रहेको छ । यसबाट हुन सक्ने क्षति न्यूनीकरण तथा सुरक्षालाई दृष्टिगत गर्दै हाल नेपालमा पनि केही समयका लागि लक–डाउन अवधि लागूू गरिएको छ । आफू लगायत समस्तको सुरक्षार्थ नितान्त आवश्यक यस लक–डाउन अवधिको पूर्ण पालना गर्न सबै माझ ओपोको अनुरोध छ । यस अवधिमा आफ्ना उपभोक्ता माझ पर्न जाने वारेन्टी सम्बन्धी समस्यालाई दृष्टिगत गर्दै कम्पनीले वारेन्टी अवधि २२ मेसम्मका लागि बढाइएको घोषणा गरेको छ । 

 
ओपोद्वारा कोभिड १९, महामारी प्रकोपलाई विशेष दृष्टिगत गर्दै वारेन्टी अवधि थपको घोषणा गरिएको हो । घोषणा अनुसार २२ मार्चदेखि २१ मे अवधि सम्म लागू हुने वारेन्टी, अब मे २२ सम्मका लागि थप गरिएको कम्पनीले जानकारी दिएको छ । जस अन्तर्गत अब २२ मार्च देखि २१ मार्च सम्म उपलब्ध गराइएको वारेन्टी, अवधि नाघेपनि उपभोक्ताले विना कुनै झञ्झट २२ मे सम्म कम्पनीको सेवा केन्द्रमा सम्पर्क गरी निर्वाध सुविधा लिन सक्नेछन् ।