काठमाण्डौ । कोरोनाभाइरस (कोभिड १९) महामारीले अहिले संसारभरका मानिसलाई त्रसित पारिरहेको छ। यसबाट सुरक्षार्थ सबैले व्यापक सतर्कता अपनाउनु आवश्यक छ।

महामारीका बारेमा फैलिरहेका मिथकबाट जोगाउनुका साथै सही तथा उपयोगी जानकारी दिने र कोरोनाभाइरस तथा यसबाट सुरक्षाका लागि प्राथमिकताका साथ जानकारी दिने सोच लिई ओपोले आफ्ना सामाजिक सञ्जालमार्फत सजगता अभियान सञ्चालन गरेको छ।

यस अभियानमार्फत जनतालाई महामारीका रुपमा रहेको कोभिड १९ का बारेमा जानकारीका साथै रोग लाग्नबाट जोगिनका लागि आवश्यक उपायहरुका बारेमा समेत सटिकताका साथ सूचना प्रवाह गर्ने लक्ष्य लिइएको कम्पनीले जनाएको छ। ओपोका डिजिटल मिडिया प्ल्याटफर्महरुमार्फत कम्पनीले कोरोनाभाइरसका लक्षण र अपनाउनु पर्ने सजगताका बारेमा सूचनाहरु प्रेषित गरिरहेको छ। 

ओपो स्ट्याण्ड्स विथ यू, स्टे होम स्टे सेफजस्ता ह्याशट्यागहरुको प्रयोगमार्फत सजगता फैलाउने कार्य गरिरहेको कम्पनीले जनाएको छ।

हालको महामारीको समयमा घरभित्रै बसी सरक्षित रहन पनि ओपोले आग्रह गरेको छ।