काठमाण्डौ । ओपोले भर्खरै सम्पन्न ओपोह्याक २०२१ इभेन्टका विजेताहरुको घोषणा गरेको छ। 

तिनमा स्टेफन स्मिथ (युनिभर्सिटी अफ वाटरलुका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस रिसर्च सेन्टरका एसोसिएट डिरेक्टर)का ५ अन्तरदृष्टिय कार्यशालाहरु पनि सम्मिलित थिए।

जुन महिनामा आरम्भ गरिएदेखि नै कार्यक्रम विश्वभरका उद्यमी तथा प्राविधिप्रेमीहरुमाझ निकै रुचाइएको थियो। इभेन्टमा सहभागिताका लागि चीन, हङकङ, युनाइटेड स्टेट्स, क्यानेडा, सिंगापुर, ब्राजिल, युनाइटेड किंगदम, भारतलगायत अन्य २० देश तथा क्षेत्रबाट परियोजनाहरु प्राप्त भएको जानकारी दिइएको छ। ५०० भन्दा बढी व्यक्ति तथा टोलीहरु ६० भन्दा बढी योग्य परियोजनाका साथमा प्रारम्भिक चरणमा प्रवेशका लागि साइनअप गरेका थिए। तीमध्ये उत्कृष्ट ११ परियोजना फाइनलका लागि छनोट गरिएको थियो। यसलाई इन्टरनेटमार्फत लाइभ स्ट्रिम पनि गरिएको थियो।

प्रतियोगीहरुलाई सिडिङ ग्रुप र ग्रोइग ग्रुपका रुपमा तीनका कम्पनीको स्थितिअनुसार विभाजन गरिएको थियो। दुई प्रतिस्पर्धी समूहमध्येबाट जम्मा ६ स्टार्टअप समूहलाई सम्मानित गरिएको थियो। सम्मानितहरु यस प्रकार रहेका छन् -

सिडिङ ग्रुप

पहिलो स्थान

दोस्रो स्थान

तेस्रो स्थान

ग्रोइङ ग्रुप

पहिलो स्थान

दोस्रो स्थान

तेस्रो स्थान

ओपोह्याक, नयाँ प्राविधिक उद्यमीहरुका लागि तिनको आवश्यकताअनुसार संसाधन तथा सञ्जाल विस्तारमा सघाउँदै अन्तर्राष्ट्रिय सहयोगी समूह तथा अनुसन्धान संस्थाहरुसंग सम्बन्ध निर्माणका लागि सघाउने सोचका साथ अघि सारिएको ओपोको एक प्रारम्भिक पहल हो।

‘आई क्रिएट डियरफोर आई एम’ नाराले प्रस्ट्याएझैँ ओपोह्याक २०२१को मूल उद्देश्य प्राविधिक उद्यमी तथा लगानीकर्ता दुवैका लागि खुला प्ल्याटफर्म उपलब्ध गराउँदै, आशाजनक स्टार्टअपमा लगानी गरी अत्याधुनिक प्रविधि तथा नवप्रवर्तनलाई बढावा दिनुका साथै ओपोको ग्लोबल प्राविधिक पर्यावरन प्रणालीलाई अझ समृद्ध बनाउनु पनि हो।