काठमाण्डौ । ओपोले आफ्नो नयाँ स्मार्टफोन ओपो एफ१७ प्रो नेपालमा यही असोज ११ गते सार्वजनिक गर्ने भएको छ।

कम्पनीले आफ्ना सामाजिक सञ्जालका प्ल्याटफर्म (फेसबुक र युट्युब) मार्फत आयोजना गरिने अनलाइन लन्च इभेन्टमार्फत एफ१७प्रो सार्वजनिक हुने जानकारी दिएको हो। लाइभ लन्च इभेन्टमा ओपोका ब्रान्ड फ्रेन्ड तथा नायिका स्वस्तिमा खड्का, नायक अनुप विक्रम शाही, नायिका तथा मोडल अलिशा राई र फोटोग्राफर तथा चलचित्र निर्माता सन्जोग राईलगायतको उपस्थिति रहनेछ।

ओपो एफ१७ प्रो ६ वटटा एआई पोट्रेट क्यामेरा, ३० वाट भोक फ्ल्यास चार्ज ४.० का साथमा अल्ट्रा स्लिक बडी, फेसनेवल मिनी डुअल पन्चहोल डिस्प्ले र नवप्रवर्तनात्मक साइनी म्याट कलर्सलगायत फिचर्सहरु पनि उपलब्ध गरिएको छ।

एफ१७प्रोमा ६ एआई पोटे«ट फन्सन्स र अल्ट्रा स्टिडी भिडियो प्रविधिका साथमा ६ ओटा पोट्रेट क्यामेरा जडान गरिएका छन्। यसले प्रयोगकर्ताका सेल्फी, फोटो तथा भिडियोलाई उच्च गुणस्तरीय बनाउन सघाउँछ। यसको एआई पावर्ड प्रोफेसनल सट्सले सबैलाई आकर्षित बनाउनुका साथै फेसनेवल प्रविधिले प्रयोगकर्तालाई अत्यधिक सहजतासमेत प्रदान गर्छ।

ओपो एफ१७ प्रोमा अल्ट्रा स्लिक बडीका साथमा अल्ट्रा स्लिक डिजाइन अपनाइएको छ। फेसनेवलमिनी डुअल पन्चहोल डिस्प्लेका साथमा आउने यो फोनमा नवप्रवर्तनात्मक साइनी म्याट रङहरुको प्रयोग गरिएको छ। मोटाइ जम्मा ७.४८ ग्रामसहितको ओपो एफ१७ प्रोको वजन १६४ ग्राम रहेको छ। २२० डिग्री राउन्डेड एड्जसहितको यो फोनमा राउन्डेड एड्ज डिजाइनको प्रयोग गरिएको छ। यसले गर्दा फोन बोक्दा स्मुथ र आरामदायी अनुभव हुन्छ।

एफ१७प्रोको डिस्प्ले २०ः९ रेसियोमा सेट गरिएको छ। यसले गर्दा समाचार हेर्दा, ब्राउजिङ तथा पढ्दा सहजै एक हातको प्रयोगमार्फत गर्न सकिन्छ। ६.४३ इन्चको फुल एचडी, सुपर एमोलेड स्क्रिनमा मिनी डुअल पन्चहोल्स रहेको यो फोनमा ९०.७% स्क्रिन टु बडी रेसियो छ।

एफ१७ प्रोमा कम्पनीले मात्र ५३ मिनेटभित्र पूर्ण चार्ज हुने क्षमतासहितको ३० वाट भोक फ्ल्यासचार्ज ४.० उपलब्ध गराएको छ। यो प्रविधिबाट चार्जिङमात्र तीव्रगतिमा हुने नभई चार्जिङको समयमा फोन तात्ने समस्या पनि न्यूनीकरण ल्याउँछ। यसमा रहेको ४००० एमएएच ब्याट्रीमात्र ३० मिनेटको समयमा ७४% चार्ज हुन्छ। त्यसैगरी यो प्रविधिले अब ५ मिनेट चार्ज गर्दा उपभोक्तालाई ४ घन्टासम्मको टकटाइम पनि उपलब्ध गराउँछ।

ओपो एफ१७ प्रोको निर्माणका लागि छुँदा नरम र हेर्दा आकर्षक साइनी म्याट रङको प्रयोग गरिएको छ। फिंगरप्रिन्टको समस्या समाधान गर्दै फिंगरप्रिन्ट पु्रफफिनिस दिँदै फोनलाई उच्च कोटीको प्रिमियम इफेक्ट दिन यसमा नयाँ अप्टिकल कोटिङ प्रविधिको प्रयोग गरी पृथक साइनी म्याट कलरको प्रयोग गरिएको छ। 

एफ१७ प्रो कम्पनीले दुई आकर्षक रङ म्याट ब्ल्याक र म्याजिक ब्ल्यू रङमा सार्वजनिक गर्ने तयारी गरेको छ।