काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडर, ओपोले आफ्नो लोकप्रिय एफ सिरिज अन्तर्गत नयाँ उत्पादन, ओपो एफ नाइन सार्वजनिक गरेको छ । 

मात्र ५ मिनेट चार्ज गर्दा २ घण्टाको टकटाइम दिने, भोक फ्ल्याशचार्जिङ र उद्योगकै पहिलो ग्राडियण्ट कलर डिजाइनसहित सार्वजनिक गरिएको नयाँ एफ नाइनमार्फत कम्पनीले ओपोको अत्याधुनिक प्रविधि र नव प्रबद्र्धनात्मक विशेषज्ञता प्रतिबिम्बित गरेको छ । 

सनराइज रेड, ट्वाइलाइट ब्ल्यू र स्टारी पर्पल गरी तीन भिन्न ग्राडियण्ट कलर कम्बिनेसनमा एफनाइन उपलब्ध गरिने कम्पनीले जानकारी दिएको छ । तीमध्ये सनराइज रेड र ट्वाइलाइट ब्ल्यू देशभरका अफलाइन स्टोरमार्फत भदौ १४ गतेदेखि बिक्री आरम्भ गरिनेछ भने स्टारी पर्पलका लागि भने उपभोक्ताले केही समय थप कुर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।

ओपो एफनाइन ४जीबीको मूल्य रु. ४१,५९० र ६जीबीको मूल्य रु. ४५,५९० निर्धारण गरिएको छ ।

उद्योगकै पहिलो ६.३ ईञ्च ‘वाटरड्रप स्क्रिन’ डिजाइन, ९०.८ प्रतिशत स्क्रिन टू बडी रेसियो पृथक ग्राडियण्ट कलर र ३५०० एमएएच ब्याट्री सहित ओपो एफ नाइनले उत्कृष्ट सेल्फी फंग्शनका साथै अन्य प्राविधिक पक्षमा समेत उपभोक्तालाई उत्कृष्ट अनुभव प्रदान गर्नेछ।

‘उपभोक्ताका समस्याको उत्कृष्ट समाधानउपलब्ध गराउनु ओपोमा हाम्रा लागि प्रमुख प्राथमिकताको विषय हो । मात्र ५ मिनेटको चार्जमा २ घण्टाको टकटाइम उपलब्ध गराउने क्षमतासहितको भोक फ्ल्यास चार्जमार्फत ब्याट्री सम्बन्धि उपभोक्ताको चिन्ता निवारणमा हामी सफल हुनेमा हामी आशावादी छौं ।’,सार्वजनिक नयाँ फोनका बारेमा बोल्दै ओपो नेपालका प्रमुखकार्यकारी अधिकृत बबी ट्राओले भने, ‘साथै, प्राविधिक नवप्रबर्तन सहित आकर्षक डिजाइनमा उपलब्ध गरिएको फोन मार्फत विगतमा झैं उपभोक्ताको निरन्तर माया र सहयोग प्राप्त हुनेमा हामी विश्वस्त छौं ।’

सार्वजनिक समारोहमाओपोका ब्राण्ड एम्ब्यासेडर दिपिका पाडुकोण र सिद्धार्थ मल्होत्रा अभिनित नयाँ टीभीसी पनि सार्वजनिक गरिएको थियो । ‘५ मिनेट चार्ज, २ आवर टक’ शीर्षक दिइएको टीभीसीमा ओपो एफनाइनको भोक फ्ल्याशचार्जिङ क्षमतालाई विशेष प्राथमिकताका साथ प्रस्तुतगरिएको छ । 

भोक मार्फत तिब्र गतिको चार्ज
नेपाली प्रयोगकर्ताहरुका लागि ब्याट्रीको आयू एक प्रमुख समस्याका रुपमा रहेको छ । यही समस्यालाई दृष्टिगत गर्र्दै ओपो एफ नाइनमा भोक फ्ल्यास चार्जको ब्यवास्था गरिएको छ । ओपोद्वारा विकसित, लो भोल्टेज चार्जिङ प्रविधि उपयोग गर्ने यस प्रविधिले साधारण ५भी/१ए साधारण चार्जिङका तुलनामा चार गुणा तीब्र चार्जिङ गति क्षमता प्रदान गर्छ । साथै हतार भएको अवस्थामा मात्र ५ मिनेट चार्ज गरी  २ घण्टाको समयका लागि पर्याप्त टक टाइम प्राप्त गर्न सकिन्छ ।

चार गुणा तीव्र गतिको चार्जिङ क्षमताका साथै भोकमा एडेप्टरदेखि पोर्ट हँुदै फोनसम्मपुग्नु अगाडि ५ तहको सुरक्षा प्रणाली पनि जडान गरिएको छ । भोकमाभोल्टेज रिड्यूसिङ सर्किटलाई एमसीयू मार्फत विस्थापन गरिएको छ । यसले भोकलाई ‘कूल फास्ट चार्जिङ प्रविधि’का रुपमा स्थापित गरेको छ । भोक प्रयोग गर्दा चार्जिङ गरिरहेकै अवस्थामा फोनको प्रयोग गर्दा पनि कुनै असर पर्दैन । यो सुविधाहाई भोल्टेज फास्ट चार्जले दिन सक्दैन ।

सन् २०१४मा भोक सार्वजनिक गरिसंगै कम्पनीले यससँग सम्बन्धित ५ सय प्याटेन्ट दर्ता गराउनुका साथ अहिले विश्वभर यसको प्रयोग ९ करोड उपभोक्ताले गरिरहेका छन् । ब्याट्रीका सवालमा एफ नाइनमा ३५०० एमएएच ब्याट्री र अप्टिमाइज्ड एआई ब्याट्री म्यानेजमेण्टको ब्यवस्था गरिएको छ ।