काठमाण्डौ । सेल्फी एक्सपर्ट एण्ड लिडर, ओपोले ईण्ट्रि लेभल क्यामेरा फोन अन्तर्गत नयाँ ओपो ए८३ सार्वजनिक गरेको छ । 

ए८३मा यस मूल्य श्रेणीका फोनमा बिरलै उपलब्ध हुने फुल स्क्रिन डिस्प्ले फिचर उपलब्ध छ । साथै, यसमा यूवा पुस्तालाई वास्तविक तथा प्राकृतिक सेल्फी अनुभव प्रदान गर्ने उद्देश्यका साथ एआई ब्यूटी रिकग्निशन प्रविधि पनि उपलब्ध गरिएको छ । ३ जीबी र्याम र ३ हजार १ सय ८० एमएएच ब्याट्री क्षमतासहितको यो फोनको मूल्य रु. २४ हजार ९ सय ९० निर्धारण गरिएको छ ।

कम्पनीको नेपालभर रहेका बिक्री केन्द्रमामार्फत फोन कालो र सुनौलो रंगमा उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ । 

एआई स्मार्ट ब्यूटी
८ मेगापिक्सेलको फ्रण्ट र १३ मेगा मेगापिक्सेल क्षमताको रियर क्यामेरासहितको ओपो ए८३मा एआई ब्यूटी रिकग्निशन प्रविधिको प्रयोग गरिएको छ । यो प्रविधिले तस्विरमा तपाईँलाई उत्कृष्ट देखाउन सघाउँछ । यसले अनुहारका प्रमुख चारित्रिक विशेषताको पहिचान गरी तिनको सुन्दरता कायम राख्दै उत्कृष्ट सेल्फी प्रस्तुत गर्न सघाउँछ । 

एआई ब्यूटी रिकग्निशनप्रविधि साधारण सफ्टवेयर प्रोग्राम मात्र नभई यसले ब्यवसायिक फोटोग्राफरका रुपमा सोच्ने र सिक्ने क्षमता राख्छ । ओपोको एआई प्रविधिले हजारौँ तस्विरको डाटावेसको माध्यमबाट सिक्दै अनुभवी फोटोग्राफरहरुले झैँ उत्कृष्ट तस्विर प्रस्तुत गर्न सघाउँछ। 

यसले स्वचालित रुपमा हजारौँ तस्विरको माध्यमबाट सिक्दै छालाको रंग, बनोट, लिंग र उमेरका आधारमा तस्विरमा रहेको विषयलाई वर्गिकरण गर्दै उत्कृष्ट पोट्रेट प्रस्तुत गर्छ । 

फ्ल्यागशिपफुल स्क्रिन, फेसियल रिकग्निसनफिचर र फेशनेबल लुक
ए८३को आकार जम्मा ५.७ ईञ्च छ । तर, यसमा रहेको स्क्रिनको आकार भने ५ ईञ्चको छ । आफ्ना पछिल्ला मोडलका तुलनामा यसको बेजल रेसियो १८ः९ राखी एण्ट्रि लेभल फोनमै फुल स्क्रिनको मज्जा पस्कन कम्पनी सफल भएको छ । यसले गर्दा ए८३ मार्फत तस्विर, भिडियो हेर्दा तथा गेम खेल्दा फराकिलो दृष्यानुभुति लिन सकिन्छ । आजसम्म अधिकांश प्रमुख ब्राण्डले आफ्ना फ्ल्यागशिप मोडलमा मात्रै फुल स्क्रिन फिचर समाहित गरेका छन् । ओपो ए८३को साथमा आफ्ना थप उपभोक्ताले फुल स्क्रिन फोनको उपयोग गर्न पाउन् भन्ने आफूहरुको उद्देश्य रहेको कम्पनीको भनाई छ ।

सार्वजनिक नयाँ फोनमा फेस अनलक सुविधा पनि उपलब्ध छ । यसले गर्दा फोनको स्क्रिनमा आफ्नो अनुहार देखाई सजिलै फोन अनलक गर्न सकिन्छ । औँला भिजेको अवस्था वा हात ब्यस्त रहेको अवस्थामा फोन उठाउन पर्दा यसले विशेष सहजता प्रदान गर्छ । 

डिजाइन
ए८३को डिजाइन यूएफओ (यूएफओ कभ्र्ड डिजाइन फिलोसोफी)मा आधारित भई गरिएको छ । फोनलाई प्रिमियम डिजाइन दिने सोचका साथ यसमा यूएफओको जस्तै सुब्यवस्थित डिजाइन अपनाइएको कम्पनीको भनाइ छ । 

सहज परिचालन
ए८३को निर्माण उपाभोक्तालाई सहज तथा आरामदायी परिचालन अनुभव दिने सोचका साथ गरिएको छ । फोनमा जडित ३जीबी सञ्चालन मेमोरीले विशेष गरी यूवावर्गलाई गेमिङको भरपुर मज्जालिन सघाउँछ । साथै, यसमा दूई ओटा नानो सिम र १ थानएसडी कार्ड एकैपटक प्रयोग गर्न सकिन्छ ।

एसडी कार्डको प्रयोगबाट प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार फोनको सञ्चयक्षमता २ सय ५६ जीबी सम्म बढाउन सक्छन् । फोनमाप्रयोग गरिएको नयाँकलर ओएस ३.२ सञ्चालन प्रणाली र फाइल आदानप्रदानका लागि उपलब्ध गरिएको ओ–सेयरले ६ देखि ७ ओटा साधारण तस्विर एकै सेकेण्डमा ट्रान्सफर गर्न सक्छ ।