काठमाण्डौ । युरोपियन इमेज एन्ड साउन्ड एसोसिएसन (ईआईएसए) ले ओपो फाइन्ड एक्सटू प्रोलाई ‘ईआईएसए एडभान्स्ड स्मार्टफोन २०२०/२०२१’ उपाधि प्रदान गरेको छ। 

ईआईएसए विश्वका सर्वाधिक सम्मानित ६१ कन्जुमर इलेक्ट्रोनिक्स म्यागेजिनहरु समाविस्ट एउटा समूह हो। 

‘ओपोको अत्याधुनिक प्रविधिहरु सुसज्जित फाइन्ड एक्सटू प्रोमा अत्याकर्षक डिजाइनको प्रयोग गरिएको छ, टाक्टाइल भेगन लेदर फिनिससहितको डिजाइन अझ विशेष छ। यसले प्रयोगकर्तालाई तिनका दैनिकीमा विशिष्ट अनुभव प्रदान गर्छ। ‘प्रिमियम प्रतिस्पर्धाभन्दा धेरै माथि यो ओपोको हालसम्म कै सर्वोत्कृष्ट स्मार्टफोन हो’, ईआईएसएले उल्लेख गरेको छ।

‘ईआईएसएद्वारा पहिलोपटक ओपो फाइन्ड एक्सटू प्रोका लागि यो अवार्ड पाउँदा हामी निकै गौरवान्वित छौँ। हाम्रा प्रयोगकर्तालाई समग्र फाइभजी अनुभव प्रदान गर्ने लक्ष्यका साथ हामी आफ्ना उत्पादनमा स्क्रिन, फोटोग्राफी, चार्जिङ, ब्याट्री लाइफ र डिजाइनलगायत हरेक पक्षमा निरन्तर नवप्रबर्तन पस्कने प्रयासमा छौँ। स्पष्ट, सहज र व्यावसायिक ओपो फाइन्ड एक्सटू सिरिजले स्मार्टफोन उद्योगकै क्षेत्रमा नयाँ मानक प्रस्तुत गरेको छ। यसले मोबाइल अन्तरक्रिया, डिस्प्ले अनुभवलगायतलाई फाइभजी युगका लागि नयाँ प्रस्तुति पस्केको छ’, ओपो वेस्टर्न युरोपका अध्यक्ष म्यागी छ्यूले भने।

ओपो फाइन्ड एक्सटू प्रोमा बजारकै सर्वोत्कृष्ट गुणस्तरको १२० एचजेड रिफ्रेस रेटसहितको क्यूएचडी प्लस एमोलेड स्क्रिन जडान गरिएको छ। यसमा अत्याधुनिक फोटोग्राफी अनुभव प्रदान गर्ने सोचका साथ अल्ट्रा भिजन क्यामेरा प्रणाली पनि उपलब्ध गरिएको छ। यसमा सुसज्जित फ्ल्यागसिप क्वालकम (आर) स्न्यापड्रागन (टीएम) ९६५ मोबाइल प्ल्याटफर्म र क्वालकम (आर) स्न्यापड्रागन (टीएम) एक्स–५५ फाइभजी मोडेम(आरएफ प्रणालीका साथमा ६५वाट सुपरभोक २.० फ्ल्यास चार्ज (ओपोद्वारा डिजाइन तथाविकास गरिएको )ले प्रयोगकर्तालाई नौलो तथा उत्साहजनक अनुभव प्रदान गर्छ। 

ईआईएसए मल्टिमिडिया प्रविधिकाविशेषज्ञहरुको विश्वकै बृहत्त स्वतन्त्र सहकार्य हो। यसले कन्जुमर इलेक्ट्रोनिक्स बजारका क्षेत्रमा पृथक वैश्विक दृष्टिकोण प्रस्तुत गर्छ। विगत ४० वर्षदेखि ईआईएसए अवार्डले कन्जुमर टेक्नोलोजी खरिदका लागि उपभोक्तालाई विशिष्ट स्वतन्त्र सिफारिस प्रदान गर्दै आइरहेको छ। 

२९ देशका फोटोग्राफी, होम थिएटर भिडियो, होम थिएटर अडियो, हाईफाई, इन-कार र मोबाइल इलेक्टोनिक्स म्यागेजिन र वेबसाइटको प्रतिनिधित्व गर्ने ६१ जनाविशेषज्ञको टोलीले ईआईएसए अवार्डका लागि विजेताको छनोट गर्ने गर्छन्। यसमा सम्मिलित विशेषज्ञ टोलीले स्वतन्त्र रुपमा काम गरे पनि ईआईएसएको छत्रअन्तर्गत सहकार्य गर्छन्।