काठमाण्डौ । मिडिया, सृजनशिलता, मनोरञ्जन लगायतका लागि ओपो रेनोटू एक प्रिमियर सिरिज हो । यस पक्षमा रेनोटू एफको सिनेमा स्तरको श्रब्य गुणस्तर पनि कुनै पक्षमा कम छैन । रेनोटू एफमाप्रयोगकर्तालाई उत्कृष्ट श्रब्य अनुभव पस्किने सोचका साथ डल्बी एट्मस, ब्यवस्थित स्टेरियो स्पिकर्स र चार विशेष अडियो मोड लगायत अडियो फिचर्सको ब्यवस्था गरिएका छन् । रेनोटू एफमा उपलब्ध गरिएको उत्साहजनक डल्बी एट्मसले प्रयोगकर्ता (श्रोता)लाई जीवन्त श्रब्यअनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रयोगकर्तालाई पूर्णरुपमा आवाजको संसारमा भुलाउने क्षमता भएको डिजिटल सराउण्ड साउन्ड मार्फत शक्तिशाली श्रब्यअनुभव प्रदान गर्छ । यसले प्रेसित गर्ने आवाजको गुणस्तर अविश्वसनीय रुपमा स्पष्ट हुनुका साथै श्रोतालाई पहिले सुन्न नसकिएका विस्तृत आवाज समेत सुन्न सघाउँछ । डल्बी एट्मसको डायलग ईन्हेन्समेन्ट, भोल्यूम लेभलिङ र भर्चुअलाईज्ड ईमर्सिभ अडियो लगायत सुविधाले प्रयोगकर्तालाई सर्वोत्तम श्रब्यअनुभव प्रदान गर्छ ।

डल्बी एट्मसले प्रदानगर्ने सराउण्ड साउन्ड ईमर्सनको उत्कर्षले प्रयोगकर्तालाई आफैँ वास्तविक रुपमाभर्चुअल संसारमै भएको झैँ जीवन्त अनुभव लिन सघाउँछ । सुदृढ लाउडनेस, स्पष्ट वाक तथा नियन्त्रित ब्याकग्राउण्ड नोइज लगायत विशेष गरी मोबाइल प्रयोगकर्ताहरुका लागि उपयुक्त र अत्यावश्यक फिचर्सहरु डल्बी एट्मसमा उपलब्ध रहेका छन् ।

तीव्र गतिमा आवाज पहिचान गर्दै सुधार उपलब्ध गराउने तथा ईमर्सिभ डल्बी एट्मस सराउण्ड साउन्डको संयुक्त मिश्रण मार्फत रेनोटू एफमा उपलब्ध डल्बी एट्मसले मोबाइल गेमिङलाई नयाँ उचाई प्रदान गरेको छ । यसले सम्प्रेषण गर्ने आवाज स्पष्ट र जीवन्त हुनुका साथै, जीवन्त श्रब्यअनुभव प्रदान गर्ने सोचका साथ डायलग स्वचालित रुपमा वर्धित गराउने तथा आवाजको तीब्रता समेत समान बनाउने फिचर्स पनि उपलब्ध छन् । आवाज प्रशोधनका लागि लाग्ने समयमा सुदृढीकरण प्रस्तुत गर्दै यसले दृष्यमा देखिएको कार्य र आवाजका बीच कुनै फरक रहन नदिइ उत्कृष्ट श्रब्य तथा दृष्य अनुभव पस्कन्छ । 

सराउण्ड साउन्ड ईफेक्टमा सटिकता दिँदै गनशट जस्ता आवाजको  नजिक तथा टाढाबाट चलेका अवस्था सहजै छुटाउन सघाउने यस्ता प्रविधिले प्रतिस्पर्धात्मक खेलहरुमा विशेष सघाउ पु¥याउँछ ।

ओपो रेनोटू एफमाउत्कृष्ट मोबाइल अनुभव प्रदान गर्न ४ विशेष अडियो मोडको ब्यवस्था गरिएका छन् । फोनमा रहेको स्मार्ट मोडले चलिरहेका अडियो एप्लिकेसनमा आफ्नो नियन्त्रण बनाउन सघाउँछ । त्यसैगरी, मुभी, गेमिङ र म्यूजिकमोड सबैमा क्रमैसंग प्रयोगकर्ताले आफ्नो आवश्यकताअनुसार सटिक नियन्त्रण जमाउन सकुन् भन्ने तिर विशेष ध्यान दिइएको छ । 

समग्रमा भन्नु पर्दा हरेक प्रयोगकर्ताले आफ्नो पृथक आवश्यकताअनुसार फोनले सम्प्रेषण गर्ने आवाजमा आफ्नो पूर्ण नियन्त्रण राख्न सकुन् भन्ने तिर ओपो रेनोटू एफमा विशेष ध्यान दिइएको छ ।