काठमाण्डौ । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल ओपोले मंगलबार आफ्नो नयाँ मोडल ओपो एफफाइभ सिक्स जीबी कालो रंगमा सार्वजनिक गरेको छ । 

कालो रंगमा सार्वजनिक गरिएको एफ फाइभ सिक्स जीबीको मूल्य रु. ४४ हजार ९ सय ९० निर्धारण गरिएको छ । साथै, कम्पनीले ओपो एफफाइभ यूथ पनि मूल्य रु. २७ हजार ९ सय ९० मा उपलब्ध गराउने जानकारी दिएको छ । 

ओपो एफफाइभ यूथ भने मंसीर २२ देखि नेपाली बजारमा उपलब्ध हुनेछ । 

आफ्ना उपभोक्ता तथा युुवा वर्गलाई उत्पादन छनौटका क्रममा आवश्यकता अनुसार थप अवसर प्रदान गर्ने सोचका साथ कम्पनीले एकपछि अर्को गर्दै फरक विशेषता, मूल्य लगायतका साथमा एफ फाइभका विभिन्न भ्यारियण्टहरु उपलब्ध गराएको प्रष्ट पारेको छ । ओपोले नेपाली बजारमा प्रवेश गरेको छोटो अवधिमा नै फेशनेवल, स्टाइलिश फोन निर्माताका रुपमा विशेष गरी यूवा पुस्ता माझ आफ्नो परिचय स्थापित गरिसकेको छ । 

सार्वजनिक नयाँ फोनहरुका बारेमा बोल्दै ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी झाओले भने, ‘हालै सार्वजनिक हाम्रो फ्ल्यागशिप मोडल ओपो एफफाइभका लागि प्राप्त माया र प्रतिक्रियाका लागि हामी समस्त उपभोक्ता तथा सरोकारवाला प्रति कृतज्ञता ब्यक्त गर्न चाहान्छौँ । प्राप्त प्रतिक्रिया र मायाले नेपाली उपभोक्ताका लागि अझ उत्कृष्ट उत्पादनहरु पस्कँदै जान हामीलाई हौसला मिलेको छ । सार्वजनिक नयाँ मोडलले हाम्रा उपभोक्ताका लागि आवश्यकता अनुसार छनोटका लागि थप अवसर प्रदान गर्ने कुरामा हामी विश्वस्त छौँ । तिनका लागि पनि उस्तै माया, साथ र सहयोग प्राप्त हुने हामीले विश्वास लिएका छौँ ।’

ओपो एफफाइभ सिक्स जीबी
ओपो एफफाइभ सिक्स जीबी फेशनेवल कालो रंगमा उपलब्ध हुनुका साथै यसमा अझ बढी सञ्चय क्षमता, ६ जीबी र्याम र ६४ जीबी रोमसहितको उत्कृष्ट प्रोशेसर जडान गरिएको छ । पर्याप्त सञ्चय क्षमता भएको ओपो एफफाइभ सिक्स जीबीले प्रयोगकर्तालाई सहज अनुभूति प्रदान गर्नुका साथै स्टाइलिश तथा फेशनेवल ब्ल्याक कलरले उपभोक्तालाई सधैं फेशनेवल बेष्ट देखाउने कम्पनीको दाबी छ ।

सेल्फीमा रहेका मानिसकै आधारमा ब्यक्तिगत ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउने सोचका साथ नयाँ उत्पादनमा उद्योगकै पहिलो एआई ब्यूटिफिकेशन प्रविधिको प्रयोग गरिएको छ । २ सयभन्दा बढी फेशियल रेकग्निशन स्पट्स सहितको यो प्रविधिले मानव मुहारको ग्लोबल डाटाबेस मार्फत फेशियल फिचर्स, आकार प्रकार, स्किन टोन तथा टाइप, लिंग, उमेर लगायत आधारमा फरक छुट्याएर ब्यूटिफिकेशन सुविधा उपलब्ध गराउँछ । फोनमा ६ ईञ्चको पूर्ण एचडी फुल स्क्रिन डिस्प्ले जडान गरिएको छ । साथै, यसमा रहेको १८ः९ डिस्प्लेले उपभोक्तालाई जीवन्त रंग सहितका दृष्यको मज्जा प्रदान गर्छ । मिड रेञ्ज्ड स्मार्टफोनमा कम्प्याक्ट बडी र अत्यन्त पातलो फ्रेम सहित स्पष्ट तथा जीवन्त दृष्य सम्प्रेषण उपलब्ध गराउने यो नै नेपालको पहिलो स्मार्टफोन भएको कम्पनीको दाबी छ ।

ओपो एफफाइभ यूथ
मितब्ययी मूल्य रु. २७ हजार ९ सय ९०मा सार्वजनिक हुने ओपो एफफाइभ यूथमा कम्पनीले उच्च गुणस्तरिय १६ एमपी सेल्फी क्यामेरा(एफ/२.०) र १३ एमपी रियर क्यामेरा जडान गरेको छ । २१६०x१०८० रिजोल्यूशन (एफएचडी+), ६ ईञ्च फुल–स्क्रिनले उपभोक्तालाई उत्कृष्ट दृश्य तथा मोबाइल सेल्फी अनुभव प्रदान गर्छ । सेल्फी एक्स्पर्ट एण्ड लिडरका रुपमा परिचित ओपोले नयाँ फोनमा ब्यूल्ट–इन ब्यूटिफिकेशन प्रविधिलाई परिस्कृत गर्दै स्मार्ट आर्टिफिसियल ईन्टेलिजेन्सी र ओप्टिमाइजेसन्स समाहित गरेको छ । 

एफफाइभ यूथले वैश्विक मानव मुहार डाटाबेस तथा अत्याधुनिक अल्गोरिथमलाई आधार मानी सेल्फी खिच्ने मानिसलाई आकर्षक देखाउन तिनको ब्यक्तिगत आवश्यकता अनुसार एआई ब्यूटिफिकेशनको सुविधा उपलध गराउँछ । यसले गर्दा सेल्फी तथा तस्विरहरु ब्यवसायिक फोटोग्राफरले खिचेका तस्विर झैँ गुणस्तरीय कम्पनीको भनाई छ ।