काठमाण्डौ । आज आइतबार अमेरिकी डलरसँगै युरो र पाउन्ड स्टेर्लिङको भाउ घटेको छ।

नेपाल राष्ट्र बैंकले आइतबारका लागि कायम विदेशी मुद्राहरुको विनिमय दरअनुसार डलरको भाउ आज ४६ पैसाले घटेको हो। योसँगै आज प्रतिडलर खरिददर ११७.४८ रुपैयाँ र बिक्रीदर ११८.०८ रुपैयाँ कायम भएको छ।

डलरको भाउ गत शुक्रबार ५२ पैसाले बढेको थियो। यो दिन प्रतिडलर खरिददर ११७.९४ रुपैयाँ र बिक्रीदर ११८.५४ रुपैयाँ कायम भएको थियो।

युरोको भाउमा आइरहेको गिरावटले आइतबार पनि निरन्तरता पाएको छ। आज पनि युरोको भाउ ४१ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतियुरो खरिददर १३६.९४ रुपैयाँ र बिक्रीदर १३७.६४ रुपैयाँ कायम भएको छ।

युरोको भाउमा गत शुक्रबार पनि २० पैसाले घटेको थियो। योसँगै शुक्रबार प्रतियुरो खरिददर १३७.३५ रुपैयाँ र बिक्रीदर १३८.०५ रुपैयाँ कायम भएको थियो।

आज पाउन्ड स्टेर्लिङको भाउ पनि ४४ पैसाले घटेको छ। यो गिरावटसँगै आज प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.०६ रुपैयाँ र बिक्रीदर १५०.८३ रुपैयाँ कायम भएको छ।

गत शुक्रबार पाउन्ड स्टेर्लिङको भाउ ९७ पैसाले बढेको थियो। यो बढोत्तरीसँगै शुक्रबार प्रतिपाउन्ड स्टेर्लिङ खरिददर १५०.५० रुपैयाँ र बिक्रीदर १५१.२७ रुपैयाँ कायम भएको थियो। 

आज अन्य विदेशी मुद्राको दर यस्तो छ–