काठमाण्डौ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ ५०० रुपैयाँ घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९५ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ६०० रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार भने सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको थियो। यो बढोत्तरीसँगै आइतबार ९५ हजार ६०० रुपैयाँ र तेजाबी गोल्ड ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो। 

आज चाँदीको भाउ तोलामा २० रुपैयाँले घटेको छ। यो गिरावटसँगै आज प्रतितोला चाँदी १ हजार २२५ रुपैयाँ कायम भएको छ। 

हिजो सोमबार चाँदीको भाउ १० रुपैयाँले बढेर तोलाको १ हजार २४५ रुपैयाँ कायम भएको थियो। गत आइतबार पनि तोलामै ४० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार २३५ रुपैयाँमा कारोबार भएको थियो।