काठमाण्डौ। साताको पहिलो दिन आइतबार सुनको भाउ ओरालो लागेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा २०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार ७०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार २०० रुपैयाँ कायम भएको छ। 

गत साता शुक्रबार सुनको भाउ तोलामा ४०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। 

आज पनि चाँदीको भाउ स्थिर रहँदै प्रतितोला १ हजार २०० रुपैयाँ नै रहेको छ। गतसाता शुक्रबार चाँदीको भाउ स्थिर रहेको थियो। यो दिन चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।