काठमाण्डौ । ओरियन्टल होटेल्स लिमिटेडले २४ औँ वार्षिक साधारणसभा डाकेको छ।
होटेल्स सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भर्चुअल माध्यमबाट काठमाण्डौको लाजिम्पाटस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले संस्थापक सेयरधनी समूहबाट ४ जना र साधारण सेयरधनी समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्नेछ। सोही सभाले एकजना स्वतन्त्र सञ्चालक पनि नियुक्ति गर्नेछ।
सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ।
सभा प्रयोजनका लागि कम्पनीले आउँदो असोज ४ गतेदेखि असोज १९ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ३१ गतेसम्म कायम सेयरधनीहरुमात्र सभामा भाग लिन योग्य हुनेछन्। किनकि असोज १ गते शुक्रबार, २ गते शनिबार र ३ गते आइतबार (संविधान दिवस) सार्वजनिक बिदा परेको छ।
16 minutes ago
26 minutes ago
49 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
4 hours ago