काठमाण्डौ । ओरियन्टल होटल्स लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।
कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो असोज १३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको राष्ट्रियसभा गृहमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, आर्थिक प्रतिवेदनलगायतका महत्वपूर्ण प्रतिवेदनहरु छलफल गरी अनुमोदन गर्नेछ। सभाले आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षकको नियुक्ति तथा निजको परिश्रम निर्धारण गर्ने अर्को प्रस्ताव पनि पारित गर्नेछ।
कम्पनीले गत आर्थिक वर्षका लागि कुनै पनि लाभांश प्रस्ताव गरेको छ। जसका कारण ओरियन्टल होटल्सका सेयरधनीहरुको हात खाली हुने भएको छ।
सभा प्रयोजनार्थ कम्पनीले यही भदौ ३१ गतेदेखि असोज १३ गतेसम्म बुक कलोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ ३० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको सभामा भाग लिन योग्य हुनेछन्।
10 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
11 hours ago
12 hours ago
12 hours ago
12 hours ago