काठमाण्डौ । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा प्रधानमन्त्रीको रुपमा राष्ट्रपतिले आजै केपी शर्मा ओली नियुक्त हुने भएका छन् । 

राष्ट्रपति विद्यादेवी भण्डारीले ओलीलाई संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा केपी शर्मा ओलीलाई नै प्रधानमन्त्री नियुक्त

गर्ने तयारी गरेकी शितल निवासस्थित उच्च स्रोतले जानकारी दिएको छ । 

बहुमतको सरकार गठनका लागि दाबी पेश गर्ने समय अहिले ९ बजे सकिँदैछ । त्यसपछि राष्ट्रपतिले प्रधानमन्त्रीको रुपमा ओलीलाई नियुक्त गर्ने तयारी भएको हो । 

ओलीलाई संविधानको धारा ७६ को उपधारा ३ बमोजिम प्रधानमन्त्रीमा नियुक्त गर्न लागिएको हो । एमालेले महन्थ ठाकुर पक्षको साथ लिएर बहुमतको दाबी पेश गर्ने संभावना रहे पनि ओली अर्ली इलेक्सनको पक्षमा रहेकोले ठूलो दलको संसदीय दलको नेताको हैसियतमा प्रधानमन्त्री बन्न इच्छुक देखिएका हुन् । 

यसरी प्रधानमन्त्री बनेका उनले एक महिनापछि पुनः विश्वासको मत लिनुपर्छ । तर, ओली त्यो पक्षमा छैनन् । उनी त्यसपछि संसद विघटन गरेर अर्ली इलेक्सन घोषणाको योजनामा छन् । 

पुनः प्रधानमन्त्री बन्ने ओलीको सपथ ग्रहण भने शुक्रबार मात्र हुनेछ । 

ओलीले आफ्नो सपथलगत्तै मन्त्रीपरिषद गठनको तयारी गरेका छन् । यसपटकको केही महत्वपूर्ण मन्त्रालयमा जसपाका केही नेतालाई ल्याउने तयारी भएको छ । यस्तै, माधव नेपाल पक्षका नेताहरुलाई समेत महत्वपूर्ण मन्त्रालय दिने तयारी भइरहेको स्रोत बताउँछ ।