काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएपछि आर्थिक समृद्धिको आशा सञ्चार भएको भन्दै निजी क्षेत्रसँग सहकार्य गरी अगाडि बढ्न आग्रह गरेको छ । 

चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै यस्तो आग्रह गरेको हो । 

ओलीको नेतृत्वमा बनेको सरकारले अबको एजेण्डा आर्थिक समृद्धिलाई बनाउने विश्वास व्यक्त गर्दै विज्ञप्तिमा भनिएको छ–‘विकासशील मुलुकको रुपमा रहेको देशलाई विकसित राष्ट्रको दर्जामा पुर्याउने महाअभियानमा नयाँं सरकार लागिपर्ने र यसका लागि गरिवी, बेरोजगारी हटाउनेतर्फ सरकार तत्पर भएर लाग्ने विश्वास चेम्वरले गरेको  छ ।’ 

चेम्वरले मुलुकको आर्थिक समृद्धिका लागि नयाँं सरकारसँंग मिलेर जान आफूहरु तत्पर रहेको पनि जनाएको छ । यसका लागि लगानीको वातावरण बनाउनेतर्फ लाग्न सरकारको ध्यानाकर्षण पनि गरेको छ ।