काठमाण्डौ । प्रधानमन्त्रीमा पुनः नियुक्त केपी शर्मा ओलीले आफ्नो क्याबिनेटका सबै मन्त्रीलाई दोहोर्याउने भएका छन् । 

उनले शितल निवासमा आफूपछि क्याबिनेटका सबै मन्त्रीहरुको सपथ ग्रहण गराउने कार्यक्रम राखेका हुन् ।

सपथका लागि बोलावट भएपछि ओली क्याबिनेटका सबै मन्त्रीहरु शितल निवास पुगिसकेका छन् । 

ओलीले पुनः प्रधानमन्त्री नियुक्त भएपछि मन्त्रीमण्डल पनि नयाँ ढंगले गठन गर्न खोजेका थिए । नयाँ मन्त्रीपरिषदमा माधव नेपाल समूहका केही नेता तथा जनता समाजवादी पार्टीका केही नेतालाई समेत मन्त्री बनाउन खोजिएको थियो । तर, दुवै पक्षले तत्काल आफ्ना नेताहरु सरकारमा सहभागी नहुने बताएपछि ओलीले पुरानैलाई निरन्तरता दिन लागेका हुन् । 

हाल पुरानैलाई निरन्तरता दिइने र वातावरण बनेपछि माधव नेपाल समूह तथा जसपाका केही नेतालाई समेत सहभागी गराई मन्त्रीपरिषद पुनर्गठन गर्ने ओलीको योजना रहेको स्रोतको दाबी छ ।