काठमाण्डौ । नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेश र प्रभु बैंक लिमिटेडबीच बैंकिङ साझेदारी सम्झौता सम्पन्न भएको छ। 

आज एक कार्यक्रमबीच संघ र बैंकबीच सम्झौता भएको हो। सम्झौता कार्यक्रममा नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका मुख्य निर्देशक सुदीप फुयालले क्यूआर कोड तथा डिजिटल बैंकिङको महत्व तथा फाइदाहरु बारे जानकारी गराउँदै औषधि व्यवसायीहरुलाई क्यूआर कोडको वितरण पनि गरे। 

लुम्बिनी बुद्ध गार्डेन रुपन्देहीमा एक समारोहबीच प्रभु बैंकका तर्फबाट प्रमुख व्यापार केन्द्र अधिकृत सुनिल राना र नेपाल औषधी व्यवसायी संघ लुम्बिनी प्रदेशका तर्फबाट अध्यक्ष शिव शवालीले हस्ताक्षर गरेका छन्। कार्यक्रममा अध्यक्ष ज्ञवालीले यस सम्झौताले आगामी दिनमा बैंक तथा ब्यवसायीबीच सुमधुर सम्बन्ध हुनुका साथै ब्यवसाय विस्तार तथा प्रवर्द्धनमा उल्लेख्य टेवा पुग्ने बताए। 

रानाले बैंकका विभिन्न सेवासुविधाका बारेमा प्रस्ट पारेका थिए।