काठमाण्डौ। कक्षा बंक गर्नुभएको छ ? सायद विद्यार्थी जीवनमा कुनै न कुनै दिन केही न केही कारण अवश्यक कक्षा बंक गर्नुभएकै होला।
पढ्न अल्छी लागेको बेला कक्षा बंक गर्न कुन उपाय अपनाउनुभयो ? ज्वारो आयो, कोही बिरामी परे वा कुनै अर्जेन्ट काम पर्यो भन्ने कारण देखाउनुभयो होला। सबैको कक्षा बंक गर्ने फरक–फरक शैली रहेको हुन्छ।
हालै बेलायतमा कक्षा बंक गर्न रचेको बहाना वा भनौँ शैली यतिबेला अन्तर्राष्ट्रिय मिडियाहरुमा निकै चर्चाको विषय बनेको छ।
बेलायतको लिभरपुल विश्वविद्यालयका एक विद्यार्थी हालको समसामयिक विषय अर्थात कोभिडको कारण देखाएर कक्षा बंक गरेको घटनाले अहिले सर्वत्र चर्चा पाइरहेको हो।अहिले कोभिड विश्वका सबै देशका लागि टाउको दुःखाइको विषय बनेको छ। तर आफूलाई कोभिड नै नभई नक्कली रिपोर्ट देखाएर ती विद्यार्थीले कक्षा बंक गर्दै आएका थिए।
नक्कली रिपोर्ट बनाउनु त सामान्य कुरा होला। तर नक्कली रिपोर्ट तयार पार्न गरिएको जुक्ति भने अनौठो नै रहेको छ।
ती विद्यार्थीले नाक तथा मुखको स्वाब टेस्टको सट्टा कोल्ड ड्रिंक्सको प्रयोग गरी कोभिडको नक्कली पोजेटिभ रिपोर्ट देखाएको खुलेपछि हल्लीखल्ली नै मच्चिएको छ। कोल्ड ड्रिंक्सको प्रयोगबाट कोभिड पोजेटिभ रिपोर्ट आउँछ वा आउँदैन भन्ने विषयमा अहिले विश्वविद्यालयले अनुसन्धान थालेको छ।
6 minutes ago
20 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago