काठमाण्डौ । नेपाल टेलिकमले कक्षा १२ को परीक्षाफल सजिलै थाहा पाउन सकिने व्यवस्था गरेको छ। 

राष्ट्रिय परीक्षा बोर्डले आज प्रकाशित गरेको कक्षा १२ को परीक्षाफल नेपाल टेलिकमको वेबसाइट http://neb.ntc.net.np/ लगइन गरी सिम्बोल नम्बर (Symbol Number) र जन्म मिति लेखेर हेर्न सकिन्छ। 

यसैगरी NEB टाइप गरी स्पेस छाडेर सिम्बोल नम्बर (NEB<space>Symbol Number) लेखी १६०० मा सन्देश पठाएर पनि तत्कालै परीक्षाफल थाहा पाउन सकिन्छ। यसका साथै १६०१ डायल गरी प्राप्त निर्देशनअनुसार सिम्बोल नम्बर राखी परीक्षाफल थाहा पाउन सकिनेछ।