काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट जारी छ। 

कच्चा तेलको मूल्य सोमबार प्रतिब्यारेल २ डलरले घटेर जनवरीयताकै न्यून स्तरमा पुगेको छ। विश्व बजारमा सोमबार ब्रेन्ट क्रुड २.०९ डलरले घटेर ८४.०६ डलर प्रतिब्यारेलमा कारोबार बन्द भएको छ। यो जनवरी १४ यताकै न्यून स्तर हो। 

त्यस्तै अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) पनि २.०६ डलरले घटेको छ। यो प्रतिब्यारेल ७६.७१ डलरमा कारोबार बन्द भएको छ। यो जनवरी ६ यताकै न्यून स्तर हो। 

यसअघि गत शुक्रबार तेल मूल्य ५ प्रतिशतले घटेको थियो। 

अमेरिकी फेड रिजर्भले लगातार तेस्रोपटक ब्याजदर बढाएपछि डलर सूचकांक दुई दशककै उच्च विन्दुमा पुगेको छ। जसले तेलको मागलाई असर गरेको छ। डलर बलियो भएकोले अन्य देशका लागि तेल किन्न भने महँगो भएको छ। –एजेन्सी