काठमाण्डौ । लक्ष्मी बैंकले बिहीबारदेखि कञ्चनपुरको झलारी र कैलालीको बौनियाँमा एकसाथ दुुई नयाँ शाखा संचालनमा ल्याएको छ । 

यी दुवै जिल्लामा बैंकले संचालन गरेका नयाँ शाखा दोश्रो शाखा हुन् । 

यी दुुई शाखासहित अब लक्ष्मी बैंकको शाखा सञ्जाल ७४, ३ हस्पिटल सेवा काउन्टर, ९५ एटिएम, २५०० भन्दा बढी रेमिटेन्स् अनि ४०० भन्दा बढि मोबाईल एजेन्टहरु रहेका छन् । 

यस शाखाको विस्तार सँगै बैंकले ग्राहकहरुलाई उनीहरुकै रोजाईको माध्यम अर्थात शाखा कार्यालय, इन्टरनेट बैंकिङ्ग र मोवाईल फोन मार्फत बैंकिङ्ग सेवा प्रदान गरी शहरी तथा अर्ध शहरी क्षेत्रमा आफ्नो ब्राण्ड तथा ग्राहक अनुभवलाई अझ सशक्त पार्ने नीति अनुरुप महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको छ ।