काठमाण्डौ। विश्वकै ठूलो दोस्रो अर्थतन्त्र एवं छिमेकी मुलुक चीनको कठिनाइ बढ्दै गइरहेको छ।
चीनको अर्थतन्त्र निरन्तर संकुचन भइरहेको छ। यसले चिनियाँ अर्थतन्त्रमा दबाब बढ्दै मान्न सकिन्छ।
पछिल्लो तथ्यांकले चीनको कठिनाइ बढाएको हो। अगस्टमा चीनको निर्यात घटेको छ। पछिल्लो तथ्यांकअनुसार चीनको निर्यात ८.८ प्रतिशतले घटेको हो।
चीनमा स्वदेशी र विदेश दुवै कमजोर मागको दबाबमा छ। बिहीबार सार्वजनिक गरेको तथ्यांकअनुसार अगस्टमा निर्यात वार्षिक ८.८ प्रतिशतले घटेर २८४ अर्ब ८७ करोड डलर पुगेको छ। यो अघिल्लो महिनाको तुलनामा १४.५ प्रतिशत कम हो।
अघिल्लो वर्षको तुलनामा आयात ७.३ प्रतिशतले घटेर २१६.५१ अर्ब डलर पुगेको छ। चीनको व्यापार बचत जुलाईमा ८०.६ बिलियन डलरको तुलनामा १३.२ प्रतिशतले घटेर ६८.३६ बिलियन डलर झरेको छ। – एजेन्सी
18 minutes ago
24 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago