काठमाण्डौ । रमादानको अवसरमा कतार एयरवेज नेपालले नेपाल सरकारका विशिष्ट पाहुना, नेपाल हाजी कमिटी, तथा विभिन्न क्षेत्रका विशिष्ट ब्यक्तिहरु तथा विभिन्न दूतावासका प्रतिनिधिहरुका लागि ईफ्टर डिनर आयोजना गरेको छ । 

सूर्य अस्ताएपछि दिनभरको उपवास तोड्न मुस्लिम समूदायले साँझपख खाइने परम्परागत खानालाई इफ्टर भनिन्छ । 

सेक्यूलर नेपालको सहकार्यमा आयोजित उक्त कार्यक्रममा विभिन्न धार्मिक समुदायका प्रतिस्ठित ब्यक्तित्वहरुको उपस्थिति थियो ।