काठमाण्डौ । आर्थिक वर्ष २०७६/७७ का लागि हालसम्म आधा दर्जन बढी विकास बैंकले लाभांश प्रस्ताव गरेका छन्।

हालसम्म ७ वटा विकास बैंकले लाभांश प्रस्ताव गरेका हुन् भने अब आधाजसो विकास बैंकले लाभांश प्रस्ताव गर्न बाँकी रहेको देखिन्छ।

प्रस्तावित लाभांशमध्ये सबैभन्दा बढी मितेरी डेभलपमेन्ट बैंकको बढी देखिएको छ। यो बैंकले कुल १५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १५ प्रतिशत बोनस र ०.७९ प्रतिशत नगद रहेका छन्।

यसैगरी मुक्तिनाथ विकास बैंकले पनि कुल १५.५१ प्रतिशत लाभांश प्रस्ताव गरिसकेको छ। यसमा ११.२५ बोनस र ४.२६ नगद रहेका छन्।

साइन रेसुंगा डेभलपमेन्ट बैंकले पनि १३ प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको छ। यो बैंकले नगद लाभांश भने प्रस्ताव गरेको छैन।

त्यस्तै ज्योति विकास बैंक र लुम्बिनी विकास बैंकले समान १० प्रतिशत लाभांश प्रस्ताव गरेका छन्। ज्योतिले १० प्रतिशत बोनसमात्र वितरणको घोषणा गरेको छ भने लुम्बिनीले ७ प्रतिशत बोनस र ३ प्रतिशत नगद बाँड्ने प्रस्ताव गरेको छ।

तिनाउ मिसनले ६ प्रतिशतमात्र बोनस सेयर वितरण गर्ने घोषणा गर्दा सबैभन्दा कम कामना सेवा विकास बैंकले ४.४ प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद लाभांशको प्रस्ताव गरेको छ।