काठमाण्डौ। नयाँ वर्षका अवसरमा आज वैशाख १ गतेबाट वैशाख ३१ गतेसम्म लागू हुने गरी कनेक्ट आईपीएसले ‘न्यू इयर न्यू युजर’ अफर ल्याएको छ।

यस अफरअन्तर्गत बैंक तथा वित्तीय संस्थाका ग्राहकले कनेक्ट आईपीएसमा अनलाइन रजिस्टर गरी कम्तीमा एउटा खाता लिंक गरी सो खाता बैंकबाट भेरिफाई गराउँदा सोही खातामा रु. १०० पाउन सक्नेछन्। त्यस्तै ११ जना लक्की विजेताले माउन्टेन फ्लाइटको कपल टिकेट जित्ने मौका पनि प्राप्त गर्न सक्नेछन्। 

बैंकका ग्राहकले कनेक्ट आईपीएसमा www.connectips.com वा यसको मोबाइल एपमार्फत रजिस्टर गरी आफ्नो खाता लिंक गरी नजिकैको बैंक शाखाबाट वा अनलाइनबाटै सेल्फ भेरिफाई गराउन सक्दछन्। पहिले नै युजर बनाएर पहिलो खाता लिंक र भेरिफाई गराउने बैंक ग्राहकले पनि सो अफरअन्तर्गत रु. १०० भेरिफाई गरिएको खातामा प्राप्त गर्न सक्दछन्। 

अफरको अन्त्यमा छानिएका ११ भाग्यशाली विजेताहरुको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिनेछ।