काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बीमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आइपीएस मार्फत पनि अनलाइन  भुक्तानी गर्न सकिने छ । 

कनेक्ट आइपीएसमा आवद्ध कुनै पनि बैंकको खाता मार्फत घरमै बसी बसी आप्mनो बीमा शुल्क भुक्तानी गर्न सकिने कम्पनीले बताएको छ । 
कम्पनीको शाखा÷उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरुले अब सहज र सरल तरिकाबाट कनेक्ट आइपीएस मार्फत अनलाइन भुक्तानी गर्न सक्ने बताइएको छ  । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बीमितहरुको समयको बचत हुने कम्पनीले जनाएको छ ।
नेपाल लाइफले आप्mना सेवाग्राहीहरुलाई समय सापेक्ष प्रविधिमैत्री सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै यस अघि नै नेपाल लाइफको प्रिमियम डिजिटल वालेटहरु इसेवा, प्रभूूपेबाट अनलाइन भुक्तानी भइरहेको छ । त्यस्तै फोन पे मार्फत आप्mनो बैंक खाता कनेक्ट गरेर नेपाल इन्भेष्टमेन्ट बैंकको इन्टरनेट बैंकिगं मार्फत अनलाइन  भुक्तानी भइरहेको समेत कम्पनीले जनाएको छ । नेपाल लाइफले अन्य डिजिटल पेमेन्ट सिस्टमबाट पनि बीमा शुल्क भुक्तानीको व्यवस्था गर्दै जाने विज्ञप्तीमा उल्लेख गरेको छ ।