काठमाण्डौ । कन्काई विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि ७ प्रतिशतसम्म लाभांश वितरणको क्षमता बनाएको छ ।

समीक्षा अवधिमा बैंकले ४ करोड ८ लाख रुपैयाँ बढी वितरणयोग्य मुनाफा आर्जन गरेको हो । समीक्षा अवधिमा बैंकको खुद नाफा ५ करोड ८८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको खुद नाफा ४ करोड ५२ लाख रुपैयाँमा थियो । बैंकले खुद नाफा ३० प्रतिशतले बढाउन सफल भएको छ ।

अघिल्लो वर्ष ६ करोड ४५ रुपैयाँ रहेको सञ्चालन मुनाफा बढेर यो वर्ष ८ करोड ४० रुपैयाँमा झरेको पुगेको छ । अघिल्लो वर्ष १२ करोड ९० लाख रुपैयाँमा सीमित खुद ब्याज आम्दानी समीक्षा अवधिमा बढेर १५ करोड ६० लाख रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ५ करोड २८ रुपैयाँ रहेको रिटेन अर्निङ यो वर्ष घटेर ४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । बैंंकले अघिल्लो वर्षको तुलनामा ४९.१४ प्रतिशतले वृद्धि गर्दै रिजर्बको आकार ५ करोड ७१ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्ष रिजर्बको आकार ३ करोड ८३ लाख रुपैयाँ रहेको थियो ।

समीक्षा अवधिमा बैंकले २ अर्ब १२ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ८९ करोड रुपैयाँ बढी कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले १ अर्ब ८८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ६५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।

अघिल्लो वर्ष ९.०५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी यो वर्ष सामान्य बढेर ११.४२ रुपैयाँ पुगेको छ ।

समीक्षा अवधिमा बैंकको खराब कर्जाको अनुपात ०.१० प्रतिशत रहेको छ भने कस्ट अफ फण्ड ८.०१ प्रतिशत र आधार दर १२.५८ प्रतिशत रहेको छ ।