काठमाण्डौ । मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको नाफा घटेको छ । चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा यो कम्पनीको नाफा घटेर १ करोड ९० लाखमा सीमित हुन पुुगेको हो । अघिल्लो वर्षको यही अवधिमा मेरो माइक्रोफाइनान्सको नाफा २ करोड १४ लाख थियो । 

समीक्षा अवधिमा मेरोको खूद ब्याज आम्दानी भने बढेको छ। ऋघिल्लो वर्षको यही अवधिमा ४ करोड ९८ लाख रुपैयाँ रहेको यस्तो आम्दानी बढेर समीक्षा अवधिमा ५ करोड २० लाखको उचाईमा पुुगेको हो ।

यो बैंकको ब्याज खर्च समेत अचाक्ली बढेको छ । अघिल्लो वर्षको यही अवधिमा २ करोड रुपैयाँ रहेको ब्याज खर्च बढेर यो वर्ष ५ करोड ७९ लाख पुुगेको हो । 

यो अवधिमा मेरो माइक्रोफाइनान्सले ५५ करोड २९ लाख निक्षेप संकलन गरी तथा २ अर्ब २५ करोड सापटी लिई २ अर्ब ५६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिमा मेरो माइक्रोफाइनान्सले २९ करोड ४४ लाख निक्षेप संकलन गरी तथा १ अर्ब ४६ करोड सापटी लिई १ अर्ब ५७ करोड कर्जा परिचालन गरेको थियो । 

मेरो माइक्रोफाइनान्सको रिजर्ब कोष भने खिइएको छ । अघिल्लो वर्षको यही अवधिमा ११ करोड ८३ लाख रुपैयाँ रहेको यस्तो कोषमा समीक्षा अवधिमा रकम घेर ८ करोड २८ लाख सीमितत बन्न पुुगेको हो । 

बैंकले समीक्षा अवधिमा खराब कर्जालाई निकै घटाएको छ । अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २.०२ प्रतिशत रहेको खराब कर्जा घटाएर १.३१ प्रतिशतमा झार्न बैैंक व्यवस्थापन सफल भएको हो। 

यो अवधिमा मेरो माइक्रोफाइनान्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी २६.६० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२८.९७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६१.६५ गुणा कायम भएको छ ।