काठमाण्डौ । कोरोनाकालमा देशको अर्थव्यवस्था र मानिसको आर्थिक हालत दुवै बिग्रेको छ। यस्तोमा कसैसँग लगानीको कुरा गर्ने हो भने उसले अहिले पैसाको निकै समस्या रहेको जबाफ दिनेछ।
यद्यपि अहिले समय–परिस्थितिअनुसार तपाइँ कम उमेरमै मनग्य आम्दानी गर्न सक्नुहुन्छ। यसका लागि तपाइँले जति छिटो लगानी गर्नुहुन्छ, त्यति नै मनग्य प्रतिफल प्राप्त गर्न सक्नुहुन्छ।
केहीले अहिलेको परिस्थितिमा लगानी गर्दा डुब्ने डरले आफूसँग भएको पैसा बैंकहरुमा जम्मा गरेका छन्। तर बैंकहरुमा जम्मा गरेको पैसा सुरक्षित हुने भए पनि तपाइँले सोचेअनुरुप प्रतिफल प्राप्त गर्न सक्नुहुन्न। त्यसैले तपाइँले थोरै अनुसन्धान गरेर ‘बेस्ट सेभिङ प्लान’ बनाउन आवश्यक हुन्छ। त्यसका लागि तपाइँलाई तल उल्लेखित ३ टिप्स फाइदाजनक हुन सक्छ।
१. पहिला आफ्नो ऋणहरु सल्टाउनुहोस्
यो महत्वपूर्ण कुरा कि तपाइँले सबैभन्दा पहिलो आफ्नो ऋणहरु सल्टाउने कोसिस गर्नुहोस्। जागिरको सुरुआतमा तपाइँले निकै कम ऋण लिनुभएको हुन सक्छ वा नलिनुभएको पनि हुन सक्छ। तर तपाइँको पढाइ र अन्य कारण तपाइँको आमा–बुवाले कतै वा कसैसँग ऋण लिनुभएको हुन सक्छ। त्यस्ता ऋण पहिले सल्टाउनुहोस्। ऋण सल्टाउनुभयो भने तपाइँले लगातार त्यसको ब्याज तिर्दा हुने नोक्सानी कम हुन्छ। साथै ऋणको बोझ पनि कम हुन्छ र तपाइँ अन्यत्र लगानी गर्नेतर्फ सोच बनाउन सक्नुहुन्छ। जसले गर्दा कम उमेरबाटै थोरै पैसा लगानी गरेर पनि तपाइँले मनग्य कमाउन सक्नुहुन्छ।
२. लगानी गर्नबाट पछि नहट्नुहोस्, भलै कम पैसा लगानी गर्नुहोस्
प्रायः मानिसहरु लगानी गर्न हिच्किच्याउँछन्। कहिले तबल कम छ भनेर त कहिले खर्च बढी छ भनेर लगानी गर्न मान्दैनन्। तर लगानी गर्ने कुराबाट कहिल्यै पछि हट्नुहुँदैन। बरु तपाइँसँग थोरै पैसा छ भने त्यसैलाई लगानी गर्नुहोस्। कम पैसा हुनेले सेयर बजारमा लगानी गर्दा उचित प्रतिफल प्राप्त हुन्छ। तर त्यसका लागि तपाइँले सेयर बजारसम्बन्धी पर्याप्त जानकारी राख्न आवश्यक हुन्छ। सेयर बजारमा प्रवेश गर्दा तपाइँको पैसा पनि सेयरका रुपमा जम्मा हुन्छ भने लगानी गर्ने बानी पनि विकास हुन्छ। राम्रा कम्पनीका सेयरले तपाइँ प्रतिफल पनि राम्रै दिन्छ। अनि कम उमेरमै मनग्य कमाउन सक्नुहुन्छ।
३. सेयर बजारसम्बन्धी जानकारी आफैँले राख्नुहोस्
प्रायः बजारमा फलानो कम्पनीको सेयरले ३ महिनामै २०० प्रतिशतले रिटर्न दियो वा सेयरमूल्य एक महिनामै दुईगुणा भयो भन्ने खबरहरु सुन्न पाइन्छ। तर बजार सुनिएका खबरमा भर पर्ने भन्दा पनि आफैँले सेयर बजारसम्बन्धी जानकारी राख्दा राम्रो हुन्छ। यदि गलत खबरका भरमा तपाइँले लगानी गर्नुभयो भने डुब्न सक्छ तर आफैँले बुझेर वा जानकारी प्राप्त गरेर लगानी गर्नुभयो भने प्रतिफल पनि राम्रै पाउन सक्नुहुन्छ। कुन कम्पनीको सेयरले कति रिर्टन दिँदै आएको छ वा अबको रिर्टन राम्रो हुन्छ कि हुँदैन भन्ने विषयमा ज्ञान हासिल गरेरमात्र सेयरमा लगाउनु उपयुक्त हुन्छ। राम्रा कम्पनीमा गरिएको लगानीले कम समयमै तपाइँलाई उत्कृष्ट प्रतिफल प्राप्त दिन सक्छ। – एजेन्सी
43 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
13 hours ago
13 hours ago
17 hours ago
17 hours ago
18 hours ago
18 hours ago