काठमाण्डौ। सीजी होल्डिङ्स तथा सिजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले नाडा अटोमोबाइल्स एसोसियसनको आगामी अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन्। उनी नाडाको हालको कार्यसमितिमा उपाध्यक्ष छन्। 

नाडा सातवटै प्रदेशमा विस्तार भइसकेको अवस्थामा सबै प्रदेश संरचनालाई अझै व्यवस्थित र बलियो बनाई नाडालाई संस्थागत रुपमा दरिलो रुपमा अगाडि बढाउने उद्देश्यका साथ उम्मेदवारी दिएको चौधरीले बताएका छन्। अटोमोबाइल व्यवसाय भनेको सरकारलाई सर्वाधिक कर बुझाउने एवं निजिक्षेत्रमा ठूला रोजगार प्रदान गर्ने व्यवसाय भएको हुनाले सरकार र व्यवसायी दुवैको उच्चतम हितमा काम गर्न मिल्ने सहज वातावरण वनाउन सरकारको नीतिगत रुपमा समेत अटो व्यवसायलाई कसरी सहज बनाउने भन्ने कुरामा काम गर्नेसमेत उनको उद्देश्य रहेको छ। 

चौधरीले कोरोना महामारी र लकडाउनका कारण नेपालका अटोमोबाइल व्यवसाय संकटमा परेकाले यस व्यवसायको पुनरुत्थानसँगै यस क्षेत्रमा नयाँ आकर्षण र नयाँ उत्साह ल्याउन जरुरी रहेको बताए। 

हाल नाडाको अध्यक्षमा कृष्णप्रसाद दुलाल छन्।