– अर्जुन तिमिल्सिना 

काठमाण्डौ । देशका धेरै जलविद्युत कम्पनीहरुमध्ये चिलिमे जलविद्युत पनि एक हो। यो कम्पनी धेरै लगानीकर्ताको रोजाइमा पर्न पनि सफल भएको छ। 

सन् १९९५ मा स्थापित यो कम्पनीले २००२ अगस्ट २५ बाट व्यावसायिक रुपमा विद्युत उत्पादन गरेको पाइन्छ। रसुवा जिल्लामा यो कम्पनीको २२.१ मेगावट क्षमताको जलविद्युत आयोजना सञ्चालनमा रहेको छ। यो कम्पनीका भागिनी कम्पनीअन्तर्गत ३ कम्पनीबाट २७०.३ मेगावट विद्युत उत्पादनको चरणमा छ। जसअन्तर्गत साञ्जेन जलविद्युतअन्तर्गत ४२.५ मेगावट र अप्पर साञ्जेनअन्तर्गत १४.८ मेगावट छन्। यी कम्पनीमा चिलिमेको ३८ प्रतिशत सेयर लगानी छ। 

दोस्रोमा १०२ मेगावटको मध्य भोटेकोशी जलविद्युत कम्पनी पर्छ। यसमा पनि चिलिमेको ३८ प्रतिशत नै लगानी रहेको छ। 

त्यसैगरी रसुवागढी हाइड्रो कम्पनीअन्तर्गत १११ मेगावटको आयोजनामा चिलिमेको ३३ प्रतिशत लगानी छ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनीको चुक्तापुँजी ७ अर्ब २५ करोड ८१ लाख रुपैयाँ र जगेडा कोषमा ३ अर्ब १३ करोड ७८ लाख रुपैयाँ रहेको छ। समीक्षा अवधिमा कम्पनीको खुद मुनाफा ५२ करोड ९० लाख रुपैयाँ रहेको छ। कम्पनीको प्रतिसेयर आम्दानी ९.७२ रुपैयाँ, बुक भ्यालु १४३.२३ रुपैयाँ र रिटर्न अन इक्विटी ६.७८ प्रतिशत रहेको छ। 

प्राविधिक पक्ष

फियर एन्ड ग्रिड इन्डेक्सका आधारमा  

फियर एन्ड ग्रिड मिटरको आधारमा यो कम्पनीको सेयर हाल स्टङ बुलिस सेन्टिमेन्टमा देखिन्छ। यदि फियर एन्ड ग्रिडमा इन्डेक्समा मिटर २० भन्दा तल गएक स्ट्रङ बियरिस, ५० आसपास भएमा न्युट्रल र ८० भन्दा माथि भएमा स्ट्रङ बुलिस सेन्टिमेन्ट भएको बुझिन्छ। हाल यो कम्पनीको सेयरको मिटर ८० भन्दा माथि अर्थात् स्ट्रङ बुलिस सेन्टिमेन्ट रहेको देखिन्छ। 

सुपर ट्रेन्डका आधारमा 

सुपर ट्रेन्डमा यदि मूल्यरेखाहरु ट्रेन्ड लाइनभन्दा माथि–माथि चल्छन् अर्थात ट्रेन्डको लाइन रातो बाट हरियो बन्छ भने कम्पनीको सेयरभाउ अप ट्रेन्ड चलेको बुझिन्छ। डेली  तथा विक्ली दुवै टाइममा यो कम्पनीको सेयरभाउ करिब ६ महिना पहिलेदेखि नै अप ट्रेन्डमा चलेको देखिन्छ। यसले कम्पनीको सेयरभाउले विस्तारै माथिको यात्रा तय गर्दै गरेको देखिन्छ। 

बोलिंगर, म्याक्डी, आरएसआई र भोलुमका आधारमा 

बोलिंगर ब्यान्डका आधारमा यो कम्पनीको सेयरभाउले अन्तिम कारोबारमा अप्पर ब्यान्डमा भोलुमसहित ब्रेक गरेको देखिन्छ। म्याक्डीमा २२ मे मा बुलिस क्रसओभर बनेको देखिन्छ। हिस्टोग्राम सकारात्मक र लामा–लामा हुँदै गरेको देखिन्छ। यो कम्पनीमा भोलुम पनि करिब ६ महिनापछि उच्च आएको देखिन्छ। आरएसआई भने ओभरबट जोन ७० मा पुगेको छ। यसले अल्पकालमा भने केही करेक्सन आउन सक्ने देखिन्छ। 

पिभट प्वइन्टका आधारमा 

पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। चिलिमे जलविद्युत् कम्पनीको सेयरभाउको उतार–चढावका आधारमा यसका पिभट प्वइन्ट यस प्रकार रहेका छन्– 

बढेमा प्रतिरोध 

  • प्रतिरोध ३– ५२५
  • प्रतिरोध २– ५१०
  • प्रतिरोध १– ४९०

पिभट प्वइन्टः ४७४

घटेमा सपोर्ट 

  • सपोर्ट १– ४५४
  • सपोर्ट २– ४३८
  • सपोर्ट ३– ४१८

निष्कर्ष

चिलिमे जलविद्युत् कम्पनीको सेयरभाउ करिब ६ महिनापहिले ३३० रुपैयाँबाट उकालो लागेको देखिन्छ। हाल दोस्रो बजारमा यो कम्पनीको सेयरभाउ प्रतिकित्ता ५०४ रुपैयाँमा अन्तिम  करोबार भएको छ। आइतबारको कारोबारमा यो कम्पनीमा भोलुमसहित उच्च कारोबार भएको छ। 

प्राविधिक रुपमा हेर्दा बोलिंगरको अप्पर ब्यान्डसँगै हिँड्न खोजेको देखिन्छ। आरएसआई ओभरबट जोन ७० मा पुगेको छ। यसकारण अल्पकालमा केही करेक्सन आउन सक्छ। तर, दीर्घकालका लागि भने यो कम्पनी लगानीका लागि उपयुक्त देखिन्छ। पिभटमार्फत हेर्दा ५१० मा प्रतिरोध सामना गरेको यो कम्पनीको सेयरभाउले अर्को प्रतिरोध ५२५ मा गर्न सक्छ। यसका भागिनी कम्पनीहरुको निर्माण अन्तिम चरणमा पुग्दै गर्दा यो कम्पनीमा सर्वसाधरणको आकर्षण बड्दै गरेको देखिन्छ। 

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।