काठमाण्डौ । गुगल क्रोम एउटा निकै लोकप्रिय इन्टरनेट ब्राउजर हो। यसका विश्वभर अर्बौं प्रयोगकर्ता छन्।
हालै गुगलले क्रोम प्रयोगकर्ताका लागि चेतावनी जारी गरेको छ। गुगल क्रोममा एउटा नयाँ त्रुटि फेला परेको छ। जसका कारण गुगल क्रोमका ३२ करोड प्रयोगकर्ता खतरामा परेका छन्।
गुगल क्रोममा नयाँ जिरो–डे हाई थ्रेट लेभल ह्याक भएको पाइएको छ। यो जानकारी क्रोम ब्लग पोस्टमा दिइएको छ।
गुगलले ह्याकरहरुले क्रोमको सुरक्षा तोडेर प्रयोगकर्तालाई लक्षित गर्न सक्ने चेतावनी दिएको छ। तर, कम्पनीले यसको फिक्स जारी गरेको छ।
यो त्रुटि गुगलको विन्डोज, म्याकओएस, लिनुक्स र र एन्ड्रोइडजस्ता सबै प्रमुख प्लेटफर्महरुमा फेला परेको थियो। क्रोम प्रयोगकर्ताको सुरक्षाका लागि गुगलले यस खतराका बारेमा विस्तृत रूपमा जानकारी दिएको छैन। यो तीन हप्तामा दोस्रो पटक हो कि क्रोमको भी८ कम्पोनेन्ट जिरो–डे ह्याकद्वारा तोडिएको छ।
यस त्रुटिलाई समाधान गर्न, गुगलले क्रोमको नयाँ संस्करण (१००.०.४८९६.१२७) जारी गरेको छ। तर, यो तत्काल सबैका लागि उपलब्ध नहुन सक्ने चेतावनी पनि दिइएको छ। प्रयोगकर्ताले म्यानुअल रुपमा अद्यावधिकहरु जाँच गर्न क्रोमको टप राइटमा थ्री–डट मेनुमा क्लिक गर्न सक्छन्। यसपछि प्रयोगकर्ताले सेटिङमा जानुपर्छ। सेटिङमा गएपछि हेल्प सेक्सनमा जानुपर्छ। त्यसपछि अबाउट गुगल क्रोममा ट्याप गर्नुपर्छ। यसो गरेपछि आफ्नो ब्राउजर रिस्टार्ट गर्नुपर्छ।
यस वर्षको मार्चमा गुगलले क्रोम र अन्य ब्राउजरमा सक्सेसफुल जिरो–डे ह्याक तीव्र रुपमा बढिरहेको जनाएको थियो। –एजेन्सी
2 minutes ago
11 minutes ago
28 minutes ago
38 minutes ago
54 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago