– रेखा चन्द

काठमाण्डौ । हाल पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव कायमै रहेको छ। 

बैंकहरुले विभिन्न तरिका अपनाएर निक्षेप तान्न खोजिरहेका छन्। बैंकहरुले अहिले २ गुुणादेखि १०० गुुणासम्म प्रतिफल दिने गरी सर्वसाधारणलाई आकर्षण गरिरहेको अवस्थाबीच बैंकहरुले निक्षेप बढाउने उद्देश्यले ब्याजदरसमेत बढाइसकेका छन्। 

वाणिज्य बैंकहरुले लामो समय स्थिर राखेको ब्याजदरलाई तोडेर असोज महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन्। बैंकहरुले ब्याजदरलाई स्वतन्त्र छोडेर बढाउने निर्णयले वित्तीय प्रणालीमा लगानीयोग्य रकमको अभाव रहेको संकेत गर्दछ। सामान्तया निक्षेप कम संकलन र कर्जा लगानी बढी हुँदा तरलतामा दबाब देखिने गर्दछ। 

राष्ट्र बैंकले विभिन्न मौद्रिक उपकरणमार्फत बजारमा तरलता पठाए पनि अवस्था भने सहज हुन सकेको छैन। केन्द्रीय बैंकले चालुु आर्थिक वर्ष सुुरु भएयता बैंकिङ प्रणालीमा ३ पटकमा ७० अर्ब रुपैयाँ पठाएको छ। यस्तै असोज २ गतेसम्ममा राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई १६ खर्ब ८८ अर्ब ५७ करोड २० लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) दिएको छ।

मुुद्दति निक्षेपको ब्याजदर बढ्दा कर्जाको पनि स्वतः ब्याज बढ्ने गर्दछ। जससँगै असोजमा बचतको ब्याज बढेसँगै कर्जाको पनि ब्याज बढेको छ। बैंकहरुले बढाएको ब्याजदर सार्वजनिक गरी लागू पनि गरिसकेका छन्। 

असोजमा बैंकहरुको कर्जाको अधिकतम ब्याजदर १८ प्रतिशतसम्म पुुगेको छ। नयाँ ब्याजदरअनुुुसार २६ वाणिज्य बैंकमध्ये ६ वटा बैंकको कर्जाको ब्याजदर १७ प्रतिशतमाथि र एउटा बैंकको कर्जाको अधिकतम ब्याजदर १८ प्रतिशतमाथि पुुगेको हो। सबैभन्दा धेरै बैंक अफ काठमाण्डूको १८.०४ प्रतिशतसम्म पुगेको छ। बैंकको आधारदर १०.४ प्रतिशत रहेकोमा अधिकतम ८ प्रतिशतसम्म प्रिमियम तोकेको छ। 

यस्तै सिभिल बैंकको कर्जा ब्याजदर अधिकतम १७.७३ प्रतिशतसम्म पुगेको छ। यो बैंकको आधारदर १०.७३ प्रतिशत रहेको छ। त्यसैगरी माछापुच्छ्रे बैंकको कर्जाको अधिकतम ब्याजदर १७.४५ प्रतिशतसम्म पुगेको छ। यो बैंकको आधारदर ९.९५ प्रतिशत रहेको छ। 

सनराइज बैंकले पनि कर्जामा अधिकतम १७.४२ प्रतिशत ब्याज लिने भएको छ। बैंकको आधारदर १०.४२ प्रतिशत रहेको छ। 

यस्तै मेगा बैंकमा कर्जाको ब्याजदर १७.१९ प्रतिशतसम्म पुुगेको छ। आधारदर १०.१९ प्रतिशत रहेकोमा ७ प्रतिशतसम्म प्रिमियम जोडेर ब्याज तिर्नुुपर्ने बैंकले जनाएको छ। 

सार्वजनिक भएको ब्याजदर अनुुसार एनसीसी बैंकमा कर्जाको ब्याज १७.१७ प्रतिशतसम्म रहेको छ। आधारदर १०.१७ प्रतिशत र त्यसमा ७ प्रतिशतसम्म प्रिमियम थपिने बैंकले जनाएको छ। 

यस्तै सेन्चुरी बैंकमा १७.४ प्रतिशतसम्म कर्जाको ब्याजदर तिर्नुुपर्नेछ। बैंकको आधारदर १०.४ प्रतिशत रहेको छ भने त्यसमा ७ प्रतिशतसम्म प्रिमियम थपिनेछ। 

कर्जाको ब्याजदर सबैभन्दा कम राष्ट्रिय वाणिज्य बैंकमा रहेको छ। यो बैंकबाट कर्जा लिँदा अधिकतम १२.८६ प्रतिशतसम्म ब्याज तिर्नुपर्ने हुन्छ। बैंकको आधारदर ७.८६ प्रतिशत रहेको छ। 

यीबाहेक अन्य सबै बैंकहरुको कर्जाको ब्याजदर भने अधिकतममा १३ प्रतिशतदेखि १७ प्रतिशतसम्म रहेको छ। 

यता बैंकहरुले मुुद्दति निक्षेपतर्फको पनि ब्याजदर बढाएर व्यक्तिगत मुुद्दति निक्षेपमा १२.१३ प्रतिशत पुुर्याएका छन्। संस्थागत मुद्दति निक्षेपमा १०.१३ र रेमिट्यान्स मुद्दति निक्षेपमा १३.१३ प्रतिशत ब्याजदर पुुगेको छ। तर, ५ वाणिज्य बैंकले रेमिट्यान्स खातामा १३.१३ प्रतिशतभन्दा धेरै ब्याजदर दिएका छन्। प्रभुु बैंकले १५.१३ प्रतिशत, एनसीसी बैंकले १५ प्रतिशत, सेन्चुुरी, प्राइम र सनराइज बैंकले १४.१३ प्रतिशत ब्याजदर कायम गरेका हुुन्। 

कर्जाको ब्याजदर १८ प्रतिशतमाथि पुुग्दा प्रणालीमा कर्जा प्रवाह गर्ने रकमको अभाव रहेको संकेत गर्ने एक पूर्वबैैंकर बताउँछन्। ‘खासगरी यसले कर्जा दिने पैसाको अभाव छ भन्ने नै बुझिन्छ’, उनले भने, ‘कर्जाको ब्याजदरमा हाल राष्ट्र बैंकले कुनै अंकुश नलगाएका कारण ब्याजदर बढोस् भन्ने चाहेको बुझिन्छ।’