काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले कर्णाली प्रदेश सल्यान जिल्लाको शारदा नगरपालिका वडा नं. २ स्थित शाखा कार्यालय सल्यानमा शाखा विस्तार गरेको छ। उक्त शाखाबाट आइतबारबाट कारोबार शुभारम्भ भएको छ। 

यो शाखासँगै बैंकको शाखा सञ्जाल संख्या २५६ पुगेको छ। 

बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५६ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेको छ।