काठमाण्डौ । कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो १७ औँ वार्षिक साधारणसभा डोकेको छ।
बैंक सञ्चालक समितिको माघ १८ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन २० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नेपालगन्जको कल्पतरु होटेलमा दिउँसो १ बजेदेखि भर्चुअल माध्यमबाट हुनेछ।
सभाले आर्थिक वर्ष २०७६/७७ का वार्षिक प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ। उक्त आर्थिक वर्षको नाफानोक्सान, वासलात तथा नगद प्रवाह विवरणसम्बन्धी अनुसूचीमाथि छलफल गरी पारित गर्नेछ।
गत आर्थिक वर्ष २०७७/७८ का लागि लेखापरीक्षण गर्नका लागि सञ्चालक समितिको निर्णयानुसार नियुक्त भएका बाह्य लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि सभाले अनुमोदन गर्नेछ।
उक्त आर्थिक वर्षका लागि बैंक सेयरधनीहरुलाई लाभांश भने वितरण नगर्ने भएको छ।
11 minutes ago
22 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
13 hours ago
13 hours ago