काठमाण्डौ । पर्साको वीरगन्जमा रहेको कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो एघारौँ वार्षिक साधारणसभा आउँदो असार २७ गते गर्ने भएको छ । 

साधारसभामा बैंकले अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने विशेष प्रस्ताव पेस गरिने छ । साधारणसभामा आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन पारित गर्ने, सम्भावित मर्जर वा एक्विजिसनका लागि सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन (डीडीए) गर्नका लागि मूल्यांकनकर्ता तथा लेखापरीक्षकको नियुक्ति गर्नेलगायतका प्रस्तावसमेत पेस हुनेछन् ।  

साधारणसभासम्बन्धी सूचना प्रथमपटक प्रकाशित भएको मितिको अघिल्लो दिन अर्थात २०७६ असार ३ गतेभित्र कायम रहेका शेयरधनीको सूचीलाई साधारणका लागि आधिकारिक शेयरधनीको सूची मानिने बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।