काठमाण्डौ । कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको पुस २६ गते बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा र वितरणयोग्य अन्य कोषहरुबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ५० करोड रुपैयाँको कुल ५.२६ प्रतिशतले हुन आउने २ करोड ६३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५ प्रतिशतले हुन आउने २ करोड ५० लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६ प्रतिशतले हुन आउने १३ लाख १५ हजार ७८९.४७ रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।