काठमाण्डौ । एसएस इभेन्टस् प्रा. लि.द्वारा टि.यु. अन्तराष्ट्रिय क्रिकेट मैदानमा आयोजित माछापुच्छ्रे कर्पोरेट सुपर सिजन–६ क्रिकेट प्रतियोगिताको उपाधिमाथि कामना सेवा विकास बैंकले कब्जा जमाएको छ । 

बुधबार भएको फाइनल खेलमा कामना सेवा विकास बैंकले भारतीय राजदुतावासलाई हराउँदै उपाधि चुम्ने सफलता पाएको हो । 

प्रतियोगितामा उत्कृष्ट खेलाडी समेत कामना सेवा विकास बैंककै हेमन्त श्रीवास्तव घोषित भए ।  उनले यमाहाको एफजेट एस मोटरसाइकल पुरस्कार पाए । 

यो प्रतियोगिताका कुनै पनि खेलमा पराजित नभई बैंकले यो ऐतिहासिक जित हासिल गरेको हो ।

उत्कृस्ट बलर प्राइम कमर्सियल बैंकका विवेक दली चुनिए। उत्कृस्ट ब्याट्सम्यान सेन्चुरी बैंकका सुरज तिमिल्सिना चुनिए। उत्कृस्ट किपर भारतीय राजदूतावासका राजेश चौधरी तथा उत्कृस्ट फिल्डर प्राइम कमर्सियल बैंकका बिबेक दली चुनिए। फेयर प्ले अवार्ड नेपाल राष्ट्र बैंकले प्राप्त गर्यो। प्रतियोगिताकै सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी सेन्चुरी बैंकका सुरज तिमिल्सिना रहे । 

विजेता टिम र उत्कृस्ट खेलाडीहरुलाई पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, माछापुच्छ्रे बैंकका सीइओ सुमन शर्माले पुरस्कार प्रदान गरे ।

फाल्गुन ३ गते देखि सुरु भएको प्रतियोगितामा कुल २३ टिमको सहभागिता रहेको थियो । 

यो क्रिकेट प्रतियोगिताको प्रमुख प्रायोजन माछापुच्छ्रे बैंकले गरेको थियो ।