काठमाण्डौ । वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्राण्ड ओपोले एण्ड्रोइड १०मा आधारित आफ्नो अधिकारिक सञ्चालन प्रणाली कलरओएस सेवेनका लागि रोलआउट प्लानको घोषणा गरेको छ । 
अप्रिल महिनादेखि नै ओपोका प्रयोगकर्ताहरुले कलरओएस सेवेनको आधिकारिक भर्जन प्राप्त गरिरहेका छन् भने रनो, फाइन्ड र ए सिरिज लगायत थप उपकरणहरु (२० भन्दा बढी ओपोका स्मार्टफोन मोडल)मा पनि यो प्रयोगका लागि उपलब्ध हुनेछ । 

सन् २०१९को नोवेम्बरमा घोषणा गरिए देखि नै कलरओएस सेवेनका लागि विश्वभर बाटै ओपोका प्रयोगकर्ताहरुले सकारात्मक प्रतिक्रिया दिँदै आइरहेका छन् ।
ईन्फाइनाइट डिजाइन, तिब्र र स्मूथ पफरमेन्स, सुदृढ सुरक्षा र सोलुप, फोकस मोड लगायत अत्याधुनिक फिचर्सका साथमा यो सञ्चालन प्रणाली उपलब्ध गरिएको छ ।

रोलआउटका बारेमा बोल्दै, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत, बबी ट्राओले भने, ‘कलरओएसका लागि जिम्मेवार समुहले गुणस्तरिय मापदण्डप्रति सटिक ध्यान दिँदै, प्रयोगकर्ताका प्रतिक्रियाहरु लाई पनि निकै गम्भिरता पूर्वक प्राथमिकतामा राखेका छन् । आधिकारिक भर्जन रोलआउट गर्नुपूर्व हामीले ९२ हजार परिक्षकहरु मार्फत बग्सका बारेमा जानकारी र तिनका प्रतिक्रिया लिँदै हजारौँ ट्रायल भर्जनमा हजारौँ पटक परिमार्जन गरेका छौँ ।’

विश्वभरका १ सय ४० देशमा कलरओएसका ३ सय ५० मिलियन प्रयोगकर्ता रहेका छन् भने, यो ८० भन्दा बढी भाषामा उपलब्ध गरिएको छ । आरएण्डडी समुहले कलरओएस सेवन ट्रायल भर्जनका प्रयोगकर्ताहरुद्वारा प्रेशित सल्लाह–सुझाव तथा प्रतिक्रियालाई विशेष प्राथमिकता दिँदै तिनले चाहेका फिचर्सहरुलाई आधिकारिक भर्जनमा समावेश गरिएको छ ।
ओपो फाइन्ड एक्स, फाइन्ड एक्स  सुपरभोक इडिशन, फाइन्ड एक्स आटोमोलि लयाम्बर्गिनी इडिशन, रेनो टेनएक्स जुम, रेनो, रेनो टू, रेनो टूएफ, आर१७ प्रो, एफ११ प्रो र एफ११मा कलरओएस सेवेनको आधिकारिक भर्जन अहिले नै उपलब्ध गराइसकिएको छ ।