काठमाण्डौ । माइक्रोसफ्टले आधिकारिक रुपमा विन्डोज ११ लन्च गरिसकेको छ। 

लन्च भएसँगै प्रयोगकर्ताले ल्यापटप र डेस्कपटमा यसलाई डाउनलोड गर्न सक्छन्। विन्डोज ११ मा कयौँ नयाँ फिचर्स तथा बदलावहरु देख्न पाइनेछ। 

विन्डोन ११ अपडेटका अलावा कम्पनीले अफिस २०२१ पनि जारी गरेको छ। अब नयाँ कम्प्युटरमा पनि विन्डोज ११ प्रि–इन्स्टल्ड दिन सकिनेछ। 

वर्तमान पीसीमा विन्डोज ११ अपडेट गर्नेका लागि आवश्यक कुराहरु

विन्डोज ११ लाई अपडेट गर्नका लागि दुई वा त्यसभन्दा बढी कोर को प्रोसेसर १ गिगाहज्र क्लक स्पिड हुनुपर्दछ। पीसीमा कम्तीमा पनि ४जीबी र्याम र ६४ जीबी स्टोरेज हुनपर्दछ। 

यदि तपाइँको कम्प्युटरमा ओरिजिनल विन्डोज १० छ भने मात्रै विन्डोज ११ मा अपग्रेड गर्ने अप्सन प्राप्त हुन्छ। यसका लागि फास्ट इन्टरनेट कनेक्टिभिटी हुन आवश्यक पर्दछ। यदि तपाइँले अपग्रेड गर्नुअघि आफ्नो कम्प्युटरको ब्याकअप लिनुहुन्छ भने राम्रो। कयौँपटक अपग्रेडका बेला सिस्टम फाइल्स गायब हुने गर्दछ। त्यसैले यसबाट बच्नका लागि ब्याक अप गरेर राख्नुपर्छ र आफ्नो कम्प्युटरमा विन्डोज ११ लाई अपग्रेड गर्नुपर्छ। 

विन्डोज ११ अपग्रेड गर्ने प्रक्रिया

  • अपग्रेड गर्नका लागि तपाइँले सबैभन्दा पहिले आफ्नो ल्यापटप वा कम्प्युटरले नयाँ अपडेट सपोर्ट गर्छ कि गर्दैन भनेर चेक गर्नुपर्छ। यसका लागि तपाइँले माइक्रोसफ्टको अफिसियल पीसी हेल्थ चेक एप डाउनलोड गर्नुपर्ने हुन्छ। 
  • अब विन्डोज को प्लस आई लाई एकसाथ थिचेर सेटिङमा जानुहोस्। 
  • यसपश्चात अपडेट एन्ड सेक्युरिटीमा क्लिक गर्नुहोस्। 
  • अब लेफ्ट साइडमा रहेको विन्डोज ११ अपडेटका लागि चेक गर्नुहोस्। 
  • यसपश्चात चेक फर अपडेटस् बटनमा क्लिक गर्नुहोस्।
  • यदि तपाइँको पीसी अपग्रेड हुन्छ भने तपाइँलाई एउटा म्यासेज ‘अपग्रेड टु विन्डोज ११ इज रेडी’ प्राप्त हुन्छ। 
  • अब डाउनलोड एन्ड इन्स्टलमा क्लिक गर्नुहोस्। यस्तो गर्नेबित्तिकै डाउनलोड हुन सुरु हुन्छ। 
  • यसरी आरामले डाउनलोड गर्न सकिन्छ। 

विन्डोजको यो नयाँ भर्जनमा नयाँ युजर इन्टर फेस प्राप्त हुन्छ। जसमा स्टार्ट मेनु बीचमा हुन्छ र फन्टका साथ नोटिफिकेसन साउन्डलाई अपग्रेड गरिएको छ। भ्वाइस वा भिडियो कलमा मानिसहरुको साथ कनेक्ट गर्ने अप्सन दिइएको छ। विन्डोज ११ ले स्न्याप लेआउट तथा गुप्रका साथै मल्टिटास्किङलाई पनि अझै स्तरीय बनाएको छ। यसले न्यारेटर, म्याग्निफायर, क्लोज्ड क्याप्सन र विन्डोज स्पिच रिकगनिसन जस्ता कयौँ एक्सेसिबिलिटी फिचर्सहरुलाई पनि सर्पोट गर्ने गर्दछ। 

नयाँ फम फ्याक्टरका लागि विन्डोज ११ ठूलो टच टारगेटका साथ आउछँ र यसमा सरफेस स्लिम पेन २ सहित स्टाइलस पेनका लागि ह्याप्टिक फिडब्याक सर्पोट समावेश छ। पीसी गेमर्सका लागि डेडिकेडेट फिचर्स पनि रहेको छ। यसमा डाइरेक्ट एक्स १२, अटो एचडीआरलाई सुरु गर्ने र बन्द गर्ने अप्सन र डाईरेक्ट स्टोरेज जसले लोड टाइमलाई कम गर्न सहयोग गर्ने गर्दछ र एनभीएमई एसएसडी स्टोरेज र डाइरेक्ट एक्स जीपीयूको प्रयोग गरेर अझै राम्रो ग्राफिक्समा मदत गर्दछ। 

माइक्रोसफ्टले प्रयोगकर्ताका लागि १०० भन्दा बढी पीसी गेम ब्राउज गर्न, डाउनलोड गर्न र खेल्नका लागि एक्सबक्स ऐप प्रि–इन्स्टल दिएको छ। यसका साथै विन्डोज ३६५ वा एज्योर भर्चुअल डेक्सटपको प्रयोग गरेर क्लाउडका माध्यमबाट आफ्नो टिमहरुलाई नयाँ विन्डोज भर्जनमा ट्रान्सफर गर्न सक्षम बनाएको छ। विन्डोज ११ मा आउने समयमा एन्ड्रोइड एप पनि चलाउन सकिनेछ। – एजेन्सी