काठमाण्डौ । साना तथा मझौता उद्योगको धितोपत्र कारोबार धितोपत्र बजार (स्टक एक्सचेन्ज)ले हाल प्रचलित मुख्य प्रणाली (मेन प्लाटफर्म) मातहत वा छुट्टै साना तथा मझौला संगठित संस्थाको कारोवारी प्रणाली (एसएमईज प्लाटफर्म) सिर्जना गरी स्वचालित विद्युतीय कारोवार प्रणालीमार्फत गर्नुपर्ने भएको छ। 

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौता संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। कारोबार प्रणालीमा मूल्य तथा समय प्राथमिकता (प्राइस टाइम प्रायोरिटी)का आधारमा कारोबार हुने व्यवस्था गरिएको हुनुपर्ने नियमावलीमा व्यवस्था गरिएको छ। 

स्टक एक्सचेन्ज (धितोपत्र बजार)ले कम्तीमा प्रत्येक दुई वर्षमा उक्त कारोबार प्रणालीको सम्परीक्षण (सिस्टम अडिट) गराउनुपर्नेछ र सोको प्रतिवेदन बोर्डमा पेस गर्नुपर्नेछ। प्रतिवेदनमा चित्त नबुझेमा बोर्डले विज्ञबाट कारोबार प्रणालीको सम्परीक्षण गराउन सक्नेछ। यसरी सम्परीक्षण गराउँदा लाग्ने खर्च सम्बन्धित धितोपत्र बजारले व्यहोर्नु पर्नेछ। कारोबार प्रणालीको सम्परीक्षणबाट कारोबार प्रणालीमा सुधार गर्नुपर्ने देखिएमा सो सम्बन्धमा बोर्डले सम्बन्धित धितोपत्र बजारलाई आवश्यक निर्देशन दिन सक्नेछ।

धितोपत्र दलाल तथा धितोपत्र ग्राहकले कारोबार प्रणाली मार्फत धितोपत्रको कारोबार गर्नुपर्नेछ। धितोपत्र बजारले कारोबार प्रणालीको सुरक्षण व्यवस्था अन्तर्राष्ट्रिय मापदण्डअनुरुपको बनाउनु पर्नेछ।

धितोपत्र बजारले कारोबार प्रणालीको डिजाष्टर्ड रिकभरी सिष्टमको सम्बन्धमा आवश्यक व्यवस्था गर्नुपर्ने व्यवस्था गरिएको छ। 

यस्ता छन् खरिद तथा बिक्री आदेशसम्बन्धी व्यवस्था

(१) कसैले शेयर खरिद वा बिक्री गर्न चाहेमा सोको लागि धितोपत्र दलाललाई आदेश दिनु पर्नेछ वा धितोपत्र दलालले प्रयोगमा ल्याएको अनलाईन कारोबार प्रणालीमा भएको व्यवस्था बमोजिम कारोबारको लागि विद्युतीय (अनलाईन) माध्यमबाट आदेश दिनुपर्नेछ।

(२) उपनियम (१) बमोजिम भौतिक रुपमा वा विद्युतीय माध्यमबाट दिइने आदेशमा कम्तीमा निम्न बमोजिमको जानकारी उल्लेख भएको हुनुपर्नेछ– 

(क) आदेश दिनेको पहिचान स्पष्ट खुल्ने व्यवस्था, 

(ख) सेयर कारोबार गर्न चाहेको संठित संस्था, धितोपत्रको किसिम, परिमाण, मूल्य र समय,

(ग) धितोपत्र खरिद वा बिक्री के को लागि आदेश दिइएको हो सो कुरा,

(घ) बोर्डले तोकिदिए बमोजिमका अन्य कुरा।

आदेश प्राप्त गर्नुपर्ने

(१) नियम ३६ बमोजिम धितोपत्र दलालले ग्राहकको आदेश प्राप्त गरेर मात्र धितोपत्रको कारोबार गर्नु पर्नेछ।

(२) धितोपत्र दलालले विद्युतीय वा अन्य माध्यमबाट प्राप्त गर्ने आदेशकोअभिलेख राख्ने व्यवस्था गर्न पर्नेछ।

(३) धितोपत्र दलालले उपनियम (१) वा (२) बमोजिम ग्राहकले दिने आदेशमा उल्लेखित धितोपत्रको मूल्य र संख्या लगायत आदेशसंग सम्बन्धित अन्य आवश्यक विवरणको अभिलेख राख्नु पर्नेछ।

(४) धितोपत्र दलालले उपनियम (१) वा (२) बमोजिम आदेश प्राप्त गरेपश्चात सोही बमोजिम धितोपत्रको कारोबारका लागि कारोबार प्रणालीमा आदेश प्रविष्ट गर्नु पर्नेछ। तर धितोपत्र दलालले ग्राहकलाई दिएको अनलाईन कारोबार प्रणाली मार्पmत कारोबार गर्दा ग्राहक स्वयंले आदेश प्रविष्टि गर्नुपर्नेछ।

(५) उपनियम (३) बमोजिम राखिएको अभिलेख सम्बन्धी सम्पूर्ण जिम्मेवारी सम्बन्धित धितोपत्र दलालको हुनेछ।

मूल्य परिवर्तन सीमा

धितोपत्र बजारले देहायका आधारमा प्रत्येक दिनको मूल्य परिवर्तनको सीमा कायम गर्नुपर्नेछ–

(क) धितोपत्रको सूचीकरण पश्चात पहिलो कारोबारको मूल्य र त्यसपछि हुने कारोबार मूल्य बीचको अन्तर,

(ख) अघिल्लो दिनको बजार बन्द हुँदा कायम रहेको मूल्य र अर्को दिन शुरु कारोबार मूल्य बीचको अन्तर,

(ग) लगातार साठी दिनसम्म कारोबार नभएका धितोपत्रको पुनः कारोबार हुँदा कायम हुने शुरु मूल्य,

(घ) कारोबार समय र कारोबार मूल्यका आधारमा कायम हुने मूल्य।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सूचीकृत सङ्गठित संस्थाले धितोपत्रको दाखिल खारेज बन्द गरेको अवस्थामा त्यस्तो दाखिल खारेज बन्द भएपछि हुने शुरु कारोबार र साठी दिनभन्दा बढी अवधिदेखि कुनै कारोबार नभएको सूचीकृत संगठित संस्थाको धितोपत्रको कारोबारको हकमा धितोपत्र बजारलेमूल्य परिवर्तन सीमा सम्बन्धमा फरक व्यवस्था गर्न सकिनेछ।

(३) उपनियम (१) र (२) बमोजिमको मूल्य परिवर्तन सीमा सम्बन्धमा धितोपत्र बजारले कारोबार प्रणालीमा आवश्यक व्यवस्था गर्नु पर्नेछ।

धितोपत्र कारोबारको संख्या तोक्न सक्ने

धितोपत्र बजारले अग्रिम सूचना प्रकाशन गरी धितोपत्रको लागि (बाँडफाँड बमोजिम) कारोबार हुने न्यूनतम तथा अधिकतम संख्या तोक्न सक्नेछ।

सर्किट ब्रेकरसम्बन्धी व्यवस्था

(१) धितोपत्र बजारले आवश्यकता अनुसार कारोबारमा सत्र्रिmट ब्रेकर लाग्ने व्यवस्था गर्नुपर्नेछ।

(२) उपनियम (१) बमोजिमको सत्र्रिmट ब्रेकर सम्बन्धी व्यवस्थामा परिवर्तन गर्न बोर्डले धितोपत्र बजारलाई आवश्यक निर्देशन दिन सक्नेछ।