काठमाण्डौ । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
वित्तीय विवरणअनुसार बैंकलाई समीक्षा अवधिसम्म ३ करोड २५ लाख रुपैयाँ खुद घाटा भएको छ। गत वर्ष यही अवधिसम्म बैंकले ८० लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म बैंकलाई ३ करोड ४५ लाख रुपैयाँ सञ्चालन घाटा भएको छ। बैंकको खुद ब्याज आम्दानी भने १२.१० प्रतिशतले बढेर ११ करोड १२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी ९ करोड ९१ लाख रुपैयाँ रहेको थियो।
चुक्तापुँजी ८३ करोड ४३ लाख रुपैयाँ रहेको बैंकले चालु आर्थिक वर्षको ६ महिनामा ४ अर्ब ४ करोड रुपैयाँ निक्षेप संकलन गरी ४ अर्ब २१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। गत वर्ष यही अवधिसम्म बैंकले ४ अर्ब ५१ करोड रुपैयाँ निक्षेप संकलन गरी ३ अर्ब ९९ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो।
बैंकको रिजर्भको आकार भने १३.१८ प्रतिशतले बढेर ११ करोड ९ लाख रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष रिजर्भमा ९ करोड ८० लाख रुपैयाँ थियो।
बैंकको खराब कर्जा (एनपीएल) बढेर ५.२५ प्रतिशत पुगेको छ। गत वर्ष एनपीएल ४.८४ प्रतिशत रहेको थियो।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ३.९० रुपैयाँले ऋणात्मक छ। गत वर्ष यही अवधिमा ईपीएस ९६ पैसा रहेको थियो।
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago