काठमाण्डौ । एनआईसी एसिया बैंक लिमिटेडले विजयादशमीको बिदाका दिनहरुमा पनि देशका सातै प्रदेशका विभिन्न जिल्लामा दसैँ काउन्टर सञ्चालन गर्ने भएको छ। 

सरकारले दसैँमा फूलपाती (सप्तमी)देखि एकादशी अर्थात असोज २६ गतेदेखि असोज ३० गतेसम्म सार्वजनिक बिदा दिएको छ। दसैँको टीकाको दिन अर्थात असोज २९ गतेबाहेक अन्य सबै बिदाका दिन एनआईसी एसिया बैंकले विभिन्न जिल्लामा दसैँ काउन्टर सञ्चालन गर्ने भएको हो। 

यी दिनहरुमा बैंकले बिहान ११ बजदेखि दिउँसो २ बजेसम्म दसैँ काउन्टरहरु सञ्चालन गर्नेछ। 

दसैँका बेलामा ग्राहकको सुविधाका लागि विभिन्न शाखा खोली दसैँ काउन्टर सञ्चालन गर्ने निर्णय गरिएको बैंकले जनाएको छ। 

यी शाखामा एनआईसी एसिया बैंकको दसैँ काउन्टर सञ्चालन हुने–