काठमाण्डौ । नेपालमा रोयल इन्फिल्ड(बुलेट) बाइकको आधिकारिक बितरक दुगड ब्रदर्स एण्ड सन्स प्रालिले रोयल इन्फिल्ड वान राइडको अवसरमा काठमाडौंमा रोयल इन्फिल्ड ¥याली आयोजना गरेको छ । 
 

¥याली स्काउट कम्प्लेक्स लैनचौरबाट प्रारम्भ भई दरबारमार्ग, घण्टाघर, भद्रकाली, सिंहदरबार, माइतीघर, थापाथली, कुपण्डोल, पुलचोक, मंगलबजार, जावलाखेल हुँदै फेरि पुलचोक, हरिहरभवन, त्रिपुरेश्वर, सुन्धारा, न्युरोड, वीरहस्पिटल, कान्तिपथ, ठमेल हुँदै लैनचौर स्काउट कम्प्लेक्समा समापन भएको थियो । 

¥यालीमा ३६ वटा बुलेट बाइक राइडरको सहभागिता थियो । सो र्यालीमा केही दिनअघि सम्पन्न रेस नारीकी विजेता दीक्षा श्रेष्ठको समेत सहभागिता थियो । यो बाहेक ¥यालीमा रोयल इन्फिल्ड इन्डियाका प्रतिनिधि अभिशेक शुक्ला, दुगड ब्रदर्स एन्ड सन्सका हेड अफ अपरेसन मेघराज पौडेल, नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा) का महासचिव गोविन्द भट्टराई लगायतको उपस्थिति थियो । 

रोयल इन्फिल्डले प्रत्येक वर्ष अप्रिल महिनाको पहिलो आइतबारलाई ‘रोयल इन्फिल्ड वान राइड’ को रुपमा मनाउँदै आएको छ । आइतबार नै नेपालमा पनि काठमाडौं बाहेक बुटवल, इटहरी र नारायणगढमा समेत यस्तै ¥याली आयोजना भयो । ¥यालीले ट्राफिक जनचेतना, सडक सुरक्षा र ड्राइभ टुरिज्मको विकास गर्ने विश्वास लिइएको छ । 

यसैबीच, ¥यालीमा सहभागी राइडरहरुको भेलाले नेपालमा टु ह्विल ड्राइभ टुरिज्मको प्रवद्र्धनका लागि रोयल इन्फिल्ड एड्भेन्चर क्लब समेत गठन गरेको छ । राजकुमार शाक्यको संयोजकत्वमा ७ सदस्यीय समिति गठन भएको हो । समितिका सदस्यहरुमा विकास पुन, अशोक बस्नेत, नवराज खनाल, प्रवेश श्रेष्ठ, सुुनिल अर्याल र लक्ष्मण शाह छन् ।