काठमाण्डौ । स्वास्थ्य मन्त्रालयले पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्थापित प्रयोगशालाको रिपोर्टलाई अहिले नै मान्यता दिन नसकिने उल्लेख गर्दै नेपालमा कोरोना संक्रमित ६ जना मात्र रहेका प्रष्ट्याएको छ ।
पोखराको सो प्रतिष्ठानमा स्थापित प्रयोगशालामा भारतबाट फर्किएका एक व्यक्तिको नमूना परीक्षण गर्दा कोभिड १९ को पोजिटिभ रिपोर्ट आएको विषयमा प्रष्ट पार्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यो कुरा बताएका हुन् ।
उनले पोखरामा स्थापित प्रयोगशालाको जाँच रिपोर्टलाई अहिले नै विश्वास गर्न नसकिने र यसका लागि त्यहाँ जे रिपोर्ट आए पनि त्यसको केन्द्रीय प्रयोगशालामा पुनः जाँच नभई कुनै निश्कर्षमा पुग्न नसकिने दाबी गरे । 'पोखराको केसलाई अहिले नै पोजिटिभ भन्न मिल्दैन ।' उनले भने-'पोखरामा राखिएको मेसिनको भ्यालिडेसनको कुरा आउँछ । जाँच गर्ने सिस्टम भेरिफाई हुन समय लाग्छ ।'
उनले भ्यालिडेसनका लागि केही दिन लाग्ने र सो क्रममा पोखरामा जाँच भएका नमूनाको पुनः परीक्षण काठमाण्डौस्थित केन्द्रीय प्रयोगशालामा हुने समेत प्रष्ट्याए । 'तर, सधैंभरि यस्तो हुँदैन । काठमाण्डौ बाहिरका प्रयोगशालाको सिस्टम भेरिफाई भएपछि मात्र त्यहाँको रिपोर्टमा भर गर्न सकिन्छ ।' उनले थपे-'एउटा प्रक्रिया पूरा नगरी कुनै पनि रिपोर्टलाई पोजेटिभ भनिहाल्न मिल्दैन ।'
31 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago