काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले १७२ जना नेपाल भाषाका प्रशिक्षण सहायक माग गरेको छ। 

सहायक स्तर चौथो तहको यो पदका लागि एलएलसी/एसईई उत्तीर्ण भए पुग्छ। महानगरले करारमा यी कर्मचारी नियुक्त गर्न लागेका हो। 

यो पदका लागि कुल ११० पूर्णांकको परीक्षा हुनेछ। जसमा लिखित १०० र मौखिक १० पूर्णांकको हुनेछ।

नेपाल भाषा प्रशिक्षक सहायक पदका लागि १८ वर्ष पूरा गरी ४० वर्ष ननाघेकाहरुले दरखास्त दिन पाउनेछन्। न्यूनतम १ वर्ष शिक्षण अनुभव भएकाहरुलाई भने उमेरको हदबन्दी लाग्ने छैन। 

नेपाल भाषा संरक्षण र सम्वद्र्धन गर्ने दर्तावाल संस्थाले नेपाल भाषा बोल्न, लेख्न र प्रशिक्षण गर्न योग्य छ भनी दिएको सिफारिस अनिवार्य रूपमा पेस गर्नुपर्नेछ। त्यस्तै महानगरका बासिन्दालाई यो पदका लागि प्राथमिकता दिइनेछ। 

यस पदका लागि आवेदन दिन ५०० रुपैयाँ दस्तुर तिर्नुपर्नेछ। आवेदन १५ दिनभित्र दिइसक्नुपर्नेछ।