काठमाण्डौ । संघीय राजधानी काठमाण्डौ उपत्यकाका तीन जिल्लामा भोलि(शुक्रबार) रातिदेखि सार्वजनिक तथा निजी सवारी साधनमा जोरविजोर प्रणाली लागू हुने भएको छ ।
काठमाण्डौ, ललितपुर र भक्तपुरका सीडीओहरुको आज बसेको बैठकपछि तीनै जिल्ला प्रशासनले जारी गरेका नयाँ आदेशअनुसार शुक्रबार रातिदेखि अब सवारी साधनमा जोरविजोर प्रणाली लागू हुनेछ।
सार्वजनिक तथा निजी सवारी(दुई पांग्रेसहित)मा जोर गतेमा जोर नम्बर प्लेट भएकाले र विजोर दिनमा विजोर नम्बर प्लेट भएकाले सवारी साधन संचालन गर्न सक्नेछन् । आदेशको उल्लंघन गरेर सवारी साधन संचालन गरिए उनीहरुमाथि कडा कारबाही हुने प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेका आदेशमा उल्लेख छ ।
जिल्लास्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र डिसीएमसीले काठमाण्डौ उपत्यकाका तीन जिल्लामा कोभिड संक्रमण दर तीव्र गतिमा बढ्न थालेको उल्लेख गर्दै त्यसको चेन ब्रेक गर्नका लागि केही कडा प्रतिबन्धहरु लागू गर्ने निर्णय गरेको बताइएको छ ।
आफ्नो पालोको दिनमा संचालन हुने सार्वजनिक यातायातका साधनले सीट क्षमताभन्दा बढी यात्रु राख्न समेत नपाउने नियम लागू गरिएको छ।
सार्वजनिक यातायातमा सबै यात्रुलाई मास्क अनिवार्य गरिएको छ भने सवारी साधनको ढोका तथा भित्र पनि सर्वसाधारण यात्रुले प्रयोग गर्न पाउने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्नेछ ।
चालक र सहचालकले मास्कको साथमा फेसशिल्ड पनि लगाउनुपर्ने नयाँ आदेशमा उल्लेख छ ।
यस्तै, सवारी साधनलाई दैनिक रुपमा निसंक्रमित गर्नुपर्नेछ भने त्यस्ता साधनमा कुनै पनि यात्रुले मास्क नलगाई आएमा उनीहरुबाट रु. ५ लिएर चालक वा सहचालकले मास्क उपलब्ध गराउनुपर्नेछ ।
23 minutes ago
30 minutes ago
38 minutes ago
46 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago