काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले ‘जनतासँग मेयर’ कार्यक्रम चलाउने भएको छ। 

आर्थिक वर्ष २०७९–८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मेयर बालेन्द्र साह (बालेन) ले जनतासँग मेयर कार्यक्रम चलाउने घोषणा गरेका हुन्। उनका अनुसार हरेक साता आइतबारका दिन जनतासँग मेयर कार्यक्रम सञ्चालन हुनेछ। 

‘यो कार्यक्रमअन्तर्गत जनतासँग प्रत्यक्ष कुराकानी गरिनेछ’, उनले भने।